Skip This
सिराहाको गोलबजारबाट ब्राउनसुगरसहित एकजा पक्राउ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ७ आइतबार
  • Saturday, 27 July, 2024
२o८o असोज ७ आइतबार १२:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिराहाको गोलबजारबाट ब्राउनसुगरसहित एकजा पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज ७ आइतबार १२:३o:oo

सिराहाको गोलबजार नगरपालिका– ६ बाट प्रहरीले कडा खालको मानिने प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित एकजनालाई पक्राउ गरेको छ। 

घरमै बसेर लागुऔषधको कारोबार गरिरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट प्रहरी निरीक्षक सुनील कार्कीको कमान्डमा शनिबार खटिएको टोलीले स्थानीय ३६ वर्षीय रामएकवाल गिरीलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीका अनुसार गोलबजार– ६ स्थित लक्ष्मी मन्दिरनजिकै घरमै रहेका वेला गिरीलाई दुई पोका ब्राउनसुगरसहित पक्राउ गरिएको हो। 

प्रहरीले गिरीको घर खानतलासी गर्ने क्रममा गिरी सुत्ने कोठामा दुईवटा थालमा कालो प्लास्टिकको दुई पोका बनाएर बिक्रीका लागि राखिएको ब्राउनसुगरजस्तो देखिने पाँच सय मिलिग्राम खैरो पदार्थ बरामद भएको सूचना अधिकारी चौधरीले जानकारी दिए। 

उनलाई तत्काल ब्राउनसुगरसहित नियन्त्रणमा लिई गोलबजार प्रहरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।