Skip This
एसियाडका लागि नेपाली क्रिकेट टोलीको बिदाइ    
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o असोज ७ आइतबार
  • Wednesday, 17 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o असोज ७ आइतबार ११:४९:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एसियाडका लागि नेपाली क्रिकेट टोलीको बिदाइ    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असोज ७ आइतबार ११:४९:oo

नेपाल क्रिकेट संघ (क्यान)ले चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा भाग लिन जाने नेपाली क्रिकेट टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेको छ ।

क्यानद्वारा आज यहाँ आयोजित बिदाइ कार्यक्रममा क्यानका नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायत क्यानका पदाधिकारीले खेलाडीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेका हुन् । नेपाली टोली आजै हाङझाउ प्रस्थान गर्नेछ । नेपालले यही असोज १० गते आफ्नो पहिलो खेल मंगाेलियासँग खेल्नेछ ।  

त्यस्तै, नेपालले समूह चरणको दोस्रो खेल असोज १४ गते माल्दिभ्ससँग खेल्नेछ । एसियाडमा सहभागिता जनाउने नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलसहित विनोद भण्डारी, आसिफ शेख, कुशल भुर्तेल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, विवेक यादव, सोमपाल कामी, करण केसी, गुल्सन झा, प्रतिश जिसी, अविनाश बोहरा र सन्दीप लामिछाने छन् ।

ललित राजवंशीले भने चोटका कारण प्रतियोगितामा सहभागिता जनाउने छैनन् । राष्ट्रिय क्रिकेट टोलीका कप्तान पौडेलले आफ्नो टोलीले राम्रो अभ्यास गरेको भन्दै प्रतियोगितामा मेडल जित्ने लक्ष्यका साथ मैदानमा उत्रने बताए ।