१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० असोज ७ आइतबार ०७:४२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सनराइज क्यापिटलको पुँजी बजार साक्षरता अभियान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० असोज ७ आइतबार ०७:४२:००

सनराइज क्यापिटल लिमिटेडले पुँजी बजार साक्षरता सुधार गर्न र युवा पुस्तालाई सशक्तीकरण गर्न पुँजी बजारसम्बन्धी साक्षरता कार्यक्रम गरेको छ । कम्पनीले बिटा एनालिटिक्स प्रालिको सहकार्यमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम गरेको हो । 

कम्पनीले लुम्बिनी प्रदेशको नेपालगन्ज, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीका विभिन्न कलेजहरूमा लगानी सचेतना तथा तालिम कार्यक्रमहरू सञ्चालन गरेको जनाएको छ । उक्त कार्यक्रमबाट क्यापिटलले नयाँ पुस्तालाई पुँजी बजार सम्बन्धमा साक्षर बनाउन र सेयर बजार लगानीसम्बन्धी व्यावहारिक तथा आधारभूत ज्ञान प्रदान गर्न सफल भएको दाबी गरेको छ । 

यस्ता कार्यक्रमले विद्यार्थीलाई पुँजी बजारको सूक्ष्म ज्ञान प्रदान गर्नुका साथै लगानी रणनीतिहरू, बजार विश्लेषण र वित्तीय योजनाहरूमा बलियो आधार प्रदान गर्न सहयोगी हुने कम्पनीले विश्वास व्यक्त गरेको छ ।