Skip This
विराटनगरमा श्रम तथा रोजगार कार्यालय निर्माण गरिँदै
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २७ बिहीबार १२:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

विराटनगरमा श्रम तथा रोजगार कार्यालय निर्माण गरिँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार १२:१९:oo

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विराटनगरमा श्रम तथा रोजगार कार्यालय भवन निर्माण गर्ने भएको छ। शनिबार श्रममन्त्री शरतसिंह भण्डारीले कार्यालय भवनको शिलान्यास गरेका छन्।

भवनको शिलान्यास गर्दै मन्त्री भण्डारीले सो क्षेत्रका स्वदेशी तथा विदेशी रोजगारका सम्बन्धमा कार्यालयले सेवा प्रदान गर्ने बताए। ‘नेपालको संविधानले श्रम र रोजगारीलाई मौलिक हकअन्तर्गत राखेको छ। त्यसैले यो आमनेपालीको अधिकार हो,’ उनले भने। 

कार्यालयले त्यस्तो खालको सेवा प्रदान गर्न नसकेमा वा कुनै त्रुटि भएमा सीधै मन्त्रालयमा सम्पर्क गर्न मन्त्री भण्डारीले स्थानीयलाई आग्रह गरेका छन्। कार्यालयको व्यवस्थित सञ्चालनका लागि उनले कार्यलय प्रमुखलाई निर्देशनसमेत दिए। 

सरकारले ७५३ स्थानीय तहमा रोजगार कार्यालयको व्यवस्था गरेको छ। श्रम तथा रोजगारीका सम्बन्धमा सबैलाई जानकारी होस् भनेर सरकारले सबै निकायमा कार्यालय राख्ने निर्णय गरेको उनले बताए।

ad
ad