Skip This
एमाले बागमतीको उपसचिवमा पाण्डेको उम्मेदवारी घोषणा 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o असोज ६ शनिबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडोैं
२o८o असोज ६ शनिबार ११:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले बागमतीको उपसचिवमा पाण्डेको उम्मेदवारी घोषणा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडोैं
नयाँ पत्रिका
२o८o असोज ६ शनिबार ११:२o:oo

नेकपा एमाले बागमती प्रदेशको असोज ८र ९ मा हुने भनिएको पहिलो अधिवेशनमा उपसचिवका लागि दोलखाबाट डबल पाण्डेले उम्मेदवारी दिने तयारी गरेका छन्।

अध्यक्षमा सानु श्रेष्ठ, केशव पाण्डे, कैलाश ढुंगेल र कृष्णप्रसाद दाहालले उम्मेदवारीको तयारीसहित आकांक्षा राखेका छन्। उपाध्यक्ष र सचिवका आकांक्षीले पनि आन्तरिक लबिङ गरिरहेका वेला पाण्डेले उपसचिवको उम्मेदवारीका लागि पार्टीभित्र आन्तरिक छलफल गरिरहेको जानकारी दिए।

दोलखा जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख पाण्डे अहिले पार्टीको प्रदेश सचिवालय सदस्य छ्न्। ३१ वर्षसम्म लगातार जिल्ला कमिटीमा रहेर उनले ९ वर्ष उपसचिवको जिम्मेवारी पनि सम्हालिसकेका छन्।

पार्टीले तय गरेको मिसन- ८४ को लक्ष्य पूरा गर्नका लागि बागमतीमा एमालेको साख फर्काएर एकताबद्ध र गतिशील पार्टी निर्माणका लागि उम्मेदवारी दिने गरी आन्तरिक छलफल गरिरहेको पाण्डेले बताए।