१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १५:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

डलर साट्दै हिँड्ने एक व्यक्ति पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:३८:oo

जिल्ला प्रहरी कार्यालय काभ्रेले अनधिकृत रूपमा अमेरिकी डलर साट्दै हिँड्ने एकजनालाई पक्राउ गरेको छ ।

डलर साट्दै हिँडेको सूचनाको आधारमा खानतलासी गर्दा बनेपा नगरपालिका– ६ स्थित हिमालयन होराइजन होटेलनजिकैको जंगलबाट डलर र नेपाली रुपैयाँसहित ती व्यक्ति पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार शुक्रबार पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका– २ का ४० वर्षीय शोकबहादुर तामाङ रहेका छन्। 

तामाङको साथबाट ५० दरका १३ थान डलर (६ सय ५० डलर) र २० दरका ६ सय थान नेपाली नोट (१२ हजार रुपैयाँ)को साथै तीनवटा मोबाइल बरामद गरेको प्रनाउ श्रेष्ठको भनाइ छ । तामाङको बारेमा थप अनुसन्धान गरिरहेको उनले बताए।

ad
ad