Skip This
३ प्रश्न
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ५ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o असोज ५ शुक्रबार o६:२७:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असोज ५ शुक्रबार o६:२७:oo

एन्टिबायोटिक कस्तो औषधि हो र यसले शरीरमा कस्ता असर पार्न सक्छ ? 
सामान्यतः शरीरमा कुनै ‘एन्फेक्सन’ भयो या ब्याक्टेरियाजन्य कुनै रोग लाग्यो भने त्यसको उपचारका लागि एन्टिबायोटिक प्रयोग गरिन्छ । यसले ब्याक्टेरिया नाश गरेर रोग निको पार्न सघाउँछ । ब्याक्टेरियाबाट हुने रोक निको पार्न एन्टिबायोटिकको सही प्रयोग गर्न सक्नुपर्छ ।

शरीरमा प्रवेश गरेको ब्याक्टेरियाले पहिल्यै कुनै एन्टिबायोटिक पचाइसकेको रहेछ भने त्यो एन्टिबायोटिक त्यसका लागि उपयोगी हुँदैन । हामीकहाँ तल्लो तहका स्वास्थ्यकर्मीदेखि विशेषज्ञ चिकित्सकसम्मले पनि चाहिनेभन्दा बढी एन्टिबायोटिक सिफारिस गरिरहेको हुन सक्छ । यसले हाम्रो रोग प्रतिरोधी क्षमता नष्ट गराउँछ । अहिलेको मुख्य समस्या भनेकै एन्टिबायोटिकको दुरुपयोग हो । सामान्य औषधिले पनि निको हुन सक्ने रोगमा पनि एन्टिबायोटिक दिने गरेको पनि देखिन्छ । 

डब्लुएचओले प्रतिबन्ध लगाएका एन्टिबायोटिक  नेपालमा किन अझै बिरामीलाई दिइँदै छ ?  
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पहिल्यै एन्टिबायोटिकको दुरुपयोग रोकथामका लागि निर्देशन दिएको थियो । तर, हामीले त्यसलाई नियन्त्रण गर्न सकेका थिएनौँ । डब्लुएचओले यी यी एन्टिबायोटिक प्रयोग नगर्नू, नगराउनू भनेर सरकारलाई जानकारी दियो । तर, सायद सरकारले पर्याप्त रूपमा यससम्बन्धी जानकारी तल्लो तहसम्मका स्वास्थ्यकर्मी तथा चिकित्सकसम्म पुर्‍याउन सकेन । त्यसैले, यस्तो अवस्था आएको हो । 

एन्टिबायोटिकको प्रयोगमा कमी ल्याउन के गर्नुपर्छ ?
यसका लागि स्थानीय तहदेखि नै एन्टिबायोटिकको प्रयोगबारे सबैलाई सचेत गराउनुपर्छ । यसको दुरुपयोग नगर्न सबैलाई सुसूचित गराउनुपर्छ । स्वास्थ्य शिक्षामा एन्टिबायोटिकसम्बन्धी आवश्यक जानकारी समावेश गर्नुपर्छ । र, अबका दिनमा एन्टिबायोटिक प्रयोगमा कडाइ गरिनुपर्छ ।