१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार २२:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सरकार र शिक्षक महासंघको बैठक सकियो, भोलि बिहान औपचारिक वार्ता हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार २२:३१:oo

सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघका प्रतिनिधिबीचको अनौपचारिक वार्ता सकिएको छ । 

भोलि बिहान आठ बजे औपचारिक वार्ता गर्ने गरी आजको बैठक सकिएको शिक्षामन्त्री अशोककुमार राईले जानकारी दिए । 

वार्ताका लागि सरकारले शिक्षक महासंघलाई औपचारिक पत्राचार नगरेकाले आजको बैठकलाई अनौपचारिक मानिएको मन्त्री राईको भनाइ छ । उनले बैठक सकारात्मक र निश्कर्षनजिक रहेको पनि बताए । 

देशभर सामुदायिक विद्यालयमा पठनपाठन रोकेर आन्दोलनमा उत्रेका शिक्षक र सरकारबीच आजै पटकपटक अनौपचारिक वार्ता भएका थिए । तर, कुनै पनि वार्ता निश्कर्षमा पुग्न सकेनन् ।

वार्तामा सरकारका तर्फबाट उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री डा. प्रकाशशरण महत, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, कानूनमन्त्री धनराज गुरुङ, संचार मन्त्री रेखा शर्मा र सम्बन्धित मन्त्रालयका सचिव सहभागी थिए । 

महासंघको तर्फबाट अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदी, आन्दोलन परिचालन समितिकी संयोजक नानुमाया पराजुली, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधि सहभागी थिए । 

ad
ad