मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २४ आइतबार
  • Sunday, 10 December, 2023
रासस काठमाडौं
२०८० असोज ४ बिहीबार १७:४९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
२०८० असोज ४ बिहीबार १७:४९:००

साना निक्षेपकर्ता र कर्जादाताको सम्पत्ति र दायित्वको सुरक्षण गरी वित्तीय सुरक्षा र स्थायित्व प्रदान गर्ने निक्षेप तथा कर्जा सुरक्षण कोष ५० वर्षमा प्रवेश गरेको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले बिहीबार यहाँ कोषको स्वर्णमहोत्वसवको समुद्घाटन गर्दै साना तथा मझौला उद्योग–व्यवसायलाई उत्प्रेरित गरी मुलुकको आर्थिक गतिविधिलाई थप चलायमान बनाउन महत्त्वपूर्ण भूमिका रहेको कोषले कर्जा सुरक्षण कार्यक्रम समयानुकूल विस्तार गर्नुपर्ने धारणा व्यक्त गरे।

उनले विशेष न्यून तथा विपन्न वर्गले सञ्चालन गर्ने साना तथा मझौला उद्योगको प्रवर्द्धनसहित रोजगारीको वातावरण सिर्जना गरी देशव्यापी रूपमा वित्तीय पहुँच अभिवृद्धि गर्ने सरकारको नीति तथा कार्यक्रम सफल बनाउने गरी कार्यक्रम सञ्चालन गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गरे।

पछिल्लो समयमा मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा अघि बढिरहेको उल्लेख गर्दै अर्थमन्त्री डा. महतले भने, ‘अर्थतन्त्रमा देखिएका समस्या समाधानउन्मुख छ। आर्थिक परिसूचकहरू सन्तोषजनक देखिएका छन्। विप्रेषणको स्थिति राम्रो छ, मुलुकको दिगो आर्थिक विकासका लागि स्वदेशमै लगानीमैत्री वातावरण निर्माणका पक्षमा अहोरात्र क्रियाशील सरकारलाई साथ दिन सबैसँग अनुरोध गर्दछु।’