Skip This
खासाबाट चिनियाँ पर्यटक धमाधम नेपाल आउँदै 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ४ बिहीबार
  • Saturday, 27 July, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८o असोज ४ बिहीबार १५:५८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

खासाबाट चिनियाँ पर्यटक धमाधम नेपाल आउँदै 

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८o असोज ४ बिहीबार १५:५८:oo

चीनकाे स्वशासित क्षेत्र तिब्बतको जांमुपोर्ट (खासा) भएर तातोपानीबाट चिनियाँ पर्यटक धमाधम नेपाल प्रवेश गर्न थालेका छन्। दैनिक ५० पर्यटक नेपाल आएको अध्यागमन कार्यालय कोदारीले जनाएको छ। 

चीनका विभिन्न सहर र तिब्बतको ल्हासा र सिगात्सेबाट नेपाल घुम्न आउने पर्यटक बढेको अध्यागमन कार्यालय कोदारीका प्रमुख रवीन्द्र पोखरेलले बताए। चिनियाँ पर्यटक बढेसँगै तातोपानी क्षेत्रमा होटेल व्यवसाय पनि धमाधम खुल्न थालेका छन्। 

वरिष्ठ अध्यागमन सहायक दिनेश बराईले दिएको डाटाअनुसार हालसम्म तीन सय दुई चिनियाँ तातोपानीबाट नेपाल प्रवेश गरेका छन्। १५ भदौमा नाकाबाट मानव आवतजावत भएको थियो। झन्डै एक सातासम्म भिसा लगाएर नेपाल प्रवेश गर्ने चिनियाँ एकजना पनि थिएनन्। 

‘पछिल्लो दिन दैनिक ३०–५० जनासम्म चिनियाँ पर्यटक नेपाल प्रवेश गरेका छन्,’ बराईले भने। तातोपानीबाट आठ नेपाली स्वदेश फर्किएका छन्। त्यसैगरी दुई सय चार चिनियाँ नेपालबाट चीन फर्किएका छन्। यहाँबाट १२ नेपाली ल्हासा प्रवेश गरेका छन्।

सीमा क्षेत्रका बासिन्दा भने दैनिक तीन सयभन्दा बढी मितेरी पुलपारि सामान किन्न पुग्छन्। सीमावासीका लागि अध्यागमनले एक वर्ष अवधि राखेर निलो पास दिने गरेको छ। हालसम्म १० हजारले पास बनाइसकेका छन्। तातोपानीदेखि बाह्रबिसेसम्म मानव चहलपहल बढेको छ। 

महँगो भाडाले सास्ती 

चिनियाँ पर्यटक जब मितेरी पुल कटेर अध्यागमन कार्यालय प्रवेश गर्छन्। नेपाली सवारीचालकले काठमाडौं जाने भाडामा बार्गेनिङ सुरु गर्न थाल्छन्। सार्वजनिक भाडाको गाडीले लिपिङबाट काठमाडौंको भाडा पाँच सय लिन्छन्।
 

तर, चिनियाँ पर्यटक बोक्ने साना गाडीले एकजनाको डेढ सयदेखि दुई सय घोर्मुसम्म भाडा लिने गरेका छन्। चिनियाँ पर्यटक साना गाडीको चालकसँग भाडाका लागि लामो समय बार्गेनिङ गर्न बाध्य छन्। त्यसपछि तातोपानीदेखि बन्देउसम्म एक दर्जन ठाउँमा प्रहरीले चेकिङ गर्छ। 

चिनियाँ पर्यटकले ल्याएको सबै सामान हेर्ने मात्रै होइन कतिपयको सामान छरपस्ट पनि पारिन्छ। तातोपानी नाकाबाट अवैध सामान आउन सक्ने भएकाले बाध्य भएर कडा चेकजाँच गर्नुपरेको सीमा सुरक्षामा खटिएका प्रहरीको भनाइ छ। महँगो भाडा र प्रहरी चेकिङको पट्यारलाग्दो झन्झटले पर्यटक हैरान भएका छन्।