१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ४ बिहीबार
  • Friday, 09 May, 2025
२o८o असोज ४ बिहीबार १४:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हुम्लामा कोदो दिवस मनाइँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज ४ बिहीबार १४:२४:oo

कोदो खेती राम्रो हुने हिमाली जिल्ला हुम्लामा पहिलोपटक कोदो महोत्सव हुने भएको छ।

अन्तर्राष्ट्रिय कोदो दिवस अर्थात् आगामी असोज १५ गते हिमाली जिल्लाको अर्गानिक कोदो खेतीको संरक्षण र प्रवर्द्धन गर्न कोदो महोत्सव गर्न लागिएको हो।

कृषि विकास कार्यालयका प्रमुख धर्म शाहीले कोदो उत्पादन राम्रो हुने हिमाली जिल्लामा कोदो महोत्सव गर्न लागिएको बताए। कोदो बालीको संरक्षण, प्रवर्द्धन र यसको प्रचारप्रसारका लागि महोत्सव गर्न लागिएको उनको भनाइ छ।

प्रदेश सरकारबाट अतिथिहरू आउने भएकाले महोत्सवले कोदोको प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ। महोत्सवमा स्टल निर्माण गरेर कोदोका परिकारसमेत प्रदर्शनी गरिनेछ।

यस्तै, कोदोबाट १५ भन्दा बढी परिकार तयार पारिनुका साथै महोत्सवको भिडियो डकुमेन्ट्रीसमेत तयार पारिनेछ। अतिथिहरूलाई स्वागतका लागि ब्याचसमेत कोदोकै निर्माण गरिएको चारजना कोदोको खेती गर्ने किसानलाई पुरस्कृत गरिनेछ।

ब्याज र टपरीसमेत रैथाने सिम्पाटीको पातबाट निर्माण गरिनेछ। हुम्लाका सातवटै गाउँपालिकामा एक हजार तीन सय ५० हेक्टर जमिनमा कोदो खेती गर्दा एक हजार पाँच सय ४० मेट्रिकटन उत्पादन हुने गरेको छ।