मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १४ बिहीबार
  • Thursday, 30 November, 2023
न्यूयोर्क
२०८० असोज ४ बिहीबार ०९:१६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपालमा निर्धक्क भएर लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आग्रह

Read Time : < 1 मिनेट
न्यूयोर्क
२०८० असोज ४ बिहीबार ०९:१६:००

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकामा रहेका गैरआवासीय नेपालीलाई नेपालमा निर्धक्क भएर लगानी गर्न आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन अमेरिका आएको नेपाली प्रतिनिधिमण्डलको स्वागत एवं सम्मानमा नेपाली महावाणिज्य दूतावास, न्युयोर्कले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो आग्रह गरेका हुन् । 

प्रधानमन्त्री प्रचण्डले नेपालमा लगानीको वातावरण बन्दै गएको भन्दै विदेशमा रहेका नेपालीको सीप, क्षमता र लगानीविना मुलुक अघि बढ्न नसक्ने बताए । वर्तमान सरकार मुलुकको आर्थिक विकास, समृद्धि र सुशासनका क्षेत्रमा गम्भीर भएर अघि बढेको प्रधानमन्त्रीको भनाइ थियो । विदेशमा रहेका नेपालीप्रतिको सोचमा परिवर्तन भएको भन्दै प्रधानमन्त्री प्रचण्डले एनआरएनहरू पलायन नभई विस्तारित भएको तर्क गरे ।

गैरआवासीय नेपाली समुदाय तथा व्यवसायी एवं विज्ञहरूबीच गरिएको अन्तर्क्रिया कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूले कार्यपत्र प्रस्तुत गरेका थिए । उनीहरूले प्रस्तुत गरेको कार्यपत्रले आफू उत्साहित भएको भन्दै प्रधानमन्त्री दाहालले त्यसलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धतासमेत व्यक्त गरे । प्रधानमन्त्री दाहालले आज संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।