Skip This
शशांक र सुजातासामु शेखरले भने- महाधिवेशनमा साथ दिएको भए परिणाम अर्कै आउन सक्थ्यो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ३ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असोज ३ बुधबार २o:५२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

शशांक र सुजातासामु शेखरले भने- महाधिवेशनमा साथ दिएको भए परिणाम अर्कै आउन सक्थ्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज ३ बुधबार २o:५२:oo

कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका पराजित उम्मेदवार डा. शेखर कोइरालाले हारमा परिवारको असहयोग पनि एउटा कारण रहेको बताएका छन्। 

कांग्रेसको केन्द्रीय कार्यालय बिपीनगरमा आयोजित बिपी साहित्य महोत्सवको तेस्रो दिन ‘परिवारले बुझेको बिपी’ विषयक अन्तरसंवादमा उनले यस्तो बताएका हुन्। त्यसवेला परिवारको साथ मिलेको भए परिणाम अर्कै आउन सक्ने उनको भनाइ थियो। 

बिपीले लिएको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि सान्दर्भिक भएको चर्चा गरेका उनले कोइराला परिवारका सदस्यहरू एकै ठाउँमा उभिने परिस्थिति नआएसम्म कार्यकर्ताहरूले दुःख पाइरहने दाबी गर।

उनले पार्टीको नेतृत्व लिने कुरा सबै परिवारकै सदस्यमा मात्र भर नपर्ने भन्दै देशभरका कार्यकर्ताको भावना र सुझावबमोजिम नै आफूले १४औँ महाधिवेशनमा प्रतिस्पर्धा गरेर सम्मान पाएको बताए। 

उनले भने, ‘मैले पाउने सम्मान पाएकै छु, तर महाधिवेशनमा तपाईंहरूले साथ दिएको भए, यस्तो हालत हुँदैनथ्यो। पार्टी मिलाउने कुरा परिवारका सदस्य मिलाएजस्तो सजिलो हुन्न रहेछ।’ 

कोइराला परिवारका सदस्यहरूलाई सधैँ साथमा लिएर हिँड्न चाहेको भन्दै उनले आगामी दिनमा मिलेरै जाने डा. शशांक र सुजाता कोइरालाको भनाइमा आफू विश्वस्त भएको बताए । 

कांग्रेसका पूर्वमहामन्त्री तथा बिपी पुत्र डा. शशांक कोइरालाले पार्टीका कार्यकर्ताहरूको सुझावबमोजिम आफू चल्ने गरेको भन्दै १४औँ महाधिवेशनमै आफू सभापतिमा उम्मेदवार बन्न खोजेको जनाए। आफू १५औँ महाधिवेशनमा समेत सभापतिको आकांक्षी रहेको बताए।

उनले बिपीपछि गिरिजाप्रसाद कोइराला मात्र सफल प्रधानमन्त्री भएको दाबी गरे। ‘सात हजार किलोमिटर बाटो थियो, अहिले एक लाख किलोमिटर भयो। हातहातमा मोबाइल आयो, यो सब गिरिजाप्रसाद कोइरालाको देन हो।’

राजनीतिमा लागेसँगै ०६४ सालमा नवलपरासीबाट निर्वाचन लडेको प्रसंगमा डा. शशांकले भने, ‘मैले चारपटक जितेँ, मन्त्री भएको छैन। केही गरेको छैन, तर जितेँ। महिलाहरूलाई मैले प्राथमिकता दिन्छु। महिलाकै कारण जितेँ।’

उनले पनि कांग्रेसका लागि आफूहरू एकै ठाउँमा उभिनुपर्नेमा जोड दिए। डा. शशांक कोइरालाले परिवार मिलाउन नसक्ने मान्छेले यत्रो पार्टी र सरकार कसरी मिलाउन सक्छ? भनेर बिपीले आफूहरूलाई भन्ने गरेको घटना स्मरण गरे। 

पूर्वउपप्रधानमन्त्री तथा कांग्रेस नेतृ सुजाता कोइरालाले कांग्रेसका केही जिल्लाका कार्यकर्ताहरू दलितसँग सँगै बसेर खाना नखाएको घटनाबाट आफू दुःखित भएको बताइन्। उनले आफ्नो परिवारमा त्यस्तो विभेद कहिल्यै गर्ने नगरेको भन्दै कार्यकर्तालाई केन्द्रविन्दुमा राखेर काम गर्न पार्टीका युवा महामन्त्रीहरूलाई आग्रह गरिन्।