मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज ११ बिहीबार
  • Thursday, 28 September, 2023
रासस काठमाडौं
२०८० असोज २ मंगलबार १७:२०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महिलाको घाँटीको सुनको सिक्री लुटपाट गर्ने चार पक्राउ

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
२०८० असोज २ मंगलबार १७:२०:००

महिलाले घाँटीमा लगाएको सुनको सिक्री लुटपाट गर्ने चारजनालाई प्रहरीले सार्वजनिक गरेको छ। उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो।

पक्राउ पर्नेमा बागबजार घर भई सीतापाइला बस्ने ४४ वर्षीय सुरज गुरुङ, पर्सा वीरगन्ज घर भई हाल क्षेत्रपाटी बस्ने ४८ वर्षीय अनबर हुसेन अन्सारी छन्। साथै, अन्य दुईजना भारतीय नागरिक पश्चिम बंगालका ४७ वर्षीय शक्ति भौमिक र महाराष्ट्र राज्य सोलापुरका ३० वर्षीय सचिन गाड्वे रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

रेग्मीका अनुसार गत भदौ २५ गते उनीहरूले कुलेश्वर आवास क्षेत्रनजिकै सडक किनाराबाट पैदल हिँडिरहेकी काभ्रे पाँचखालकी अप्सरा श्रेष्ठको घाँटीमा लगाई राखेको अन्दाजी दुई तोलाको लकेटसहितको सिक्री लुटपाट गरेका थिए। अनुसन्धानका क्रममा काठमाडौं महानगरपालिका–२८ बागबजार घर भई हाल सीतापाइला बस्ने ४४ वर्षी सुरज गुरुङसमेतकाे संलग्नता रहेको भन्ने खुल्न आएपछि निजहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको हो। 

पक्राउ परेकाहरूलाई लुटपाट गरी लगेको सुन तथा प्रमाण लाग्ने अन्य दसीका सामानहरुसहित थप अनुसन्धानका लागि प्रहरी वृत्त कालीमाटी पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।