Skip This
संविधानको सफल कार्यान्वयनमा नेतृत्व चुक्यो : झलनाथ खनाल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २ मंगलबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असोज २ मंगलबार १५:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संविधानको सफल कार्यान्वयनमा नेतृत्व चुक्यो : झलनाथ खनाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज २ मंगलबार १५:२९:oo

पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधानको सफल कार्यान्वयनमा नेतृत्व चुकेको बताएका छन्।

मंगलबार नेकपा एमालेले च्यासलमा आयोजना गरेको ‘सुवास र संविधान’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। नेतृत्व वर्ग संविधान बनाउँदा सचेत भएजस्तो कार्यान्वयनको वेलामा भने सचेत हुन नसकेको खनालको जिकिर छ।

‘संविधान बनेको ७ वर्ष हुन लाग्यो, बिस्तारै एक दशक हुन्छ। तर, संविधान जुन ढंगको हामीले बनाएका छाैँ। त्यसलाई कार्यान्वयन गर्ने प्रक्रिया छ, त्यसमा भने हामी संविधान बनाउँदा जति सचेत थियौँ, यसलाई कार्यान्वयन गर्न त्यति सचेत गर्न सकेका छैनौँ,’ उनले भने।

खनालले बहुलजातीय, बहुभाषीय, बहुसांस्कृतिक, बहुधार्मिक देशको रूपमा संविधानमा उल्लेख भएअनुसारको मर्म र भावनालाई जनतासमक्ष बुझाउन नसकिएको औँल्याए। संविधानको मर्म र भावना बुझाउन नसक्दा अहिले कोशी प्रदेशमा पहिचानको नाममा आन्दोलन भइरहेको उनको तर्क छ।

‘३१ वटा मौलिक हक पारित गरेका छौँ। त्यसलाई ३ वर्षभित्रमा कानुन बनाएर लागू गर्नुपर्छ, त्यही संविधानले घोषणा गरेको हो, अहिले ७ वर्ष भयो? खै कानुन बनेको? यो नेतृत्वको पहलमा कमी हो। संविधान राम्रो बनाएर मात्रै हुँदैन, यसलाई कार्यान्वयन गर्नका लागि सबै मिलेर अघि बढ्नुपर्छ,’ खनालले भने।