१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:१७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

भिस्तारा एयरलाइन्सले काठमाडौं–दिल्ली–हङकङ दुईतर्फी उडान सुरु गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:१७:oo

अन्तर्राष्ट्रिय उडान क्षेत्रमा स्थापित भिस्तारा एयरलाइन्सले काठमाडौं–दिल्ली–हङकङ दुईतर्फी उडान सुरु गर्ने भएको छ। भिस्ताराले आगामी १५ कात्तिकदेखि काठमाडौं–दिल्ली–हङकङ दुईतर्फी उडान सुरु गर्ने भएका हो। 

उडानका लागि भिस्ताराले ए३२नेव एयरक्राफ्ट प्रयोग गर्नेछ। यात्रुमा सहभागी हुन चाहने यात्रुले मोबाइल एप्स, वेबसाइट र ट्राभल एजेन्सीमार्फत टिकट बुकिङ गर्न सक्नेछन्। एयरलाइन्सका नेपालस्थित कार्यकारी अधिकृत प्रशन्न अधिकारीले भिस्ताराले आगामी १५ कात्तिकदेखि काठमाडौं–दिल्ली–हङकङ दुईतर्फी उडान सुरु गर्न लागेको बताए। 

उनले भने, ‘यात्रुलाई सुरक्षित र आरमदायी हवाई यात्रा उपलब्ध गराउनु  भिस्ताराको मूल लक्ष्य हो। यही लक्ष्य प्राप्त गर्न भिस्ताराले अब काठमाडौं–दिल्ली–हङकङ दुईतर्फी उडान सुरु गर्न लागेको छ। आगामी १५ कात्तिकदेखि भिस्ताराले यो सुविधा उपलब्ध गराउनेछ। काठमाडौंबाट दिल्ली हुँदै हङकङ र हङकङबाट दिल्ली हुँदै काठमाडौं आउजाउ गर्न चाहने यात्रुका लागि यो सुविधा अवश्य पनि  लाभकारी साबित हुनेछ।’

भिस्ताराले हाल काठमाडौं–दिल्ली नियमित उडान भर्दै आएको छ। यात्रुका लागि भिस्ताराले २५ देखि ३५ प्रतिशत छुटमा ‘स्पा’ सुविधा पनि उपलब्ध गराउँदै आएको छ। एयरलाइन्सले ‘स्पा’ सुविधा होटेल सोल्टी र र्‍याडिसनस्थित  ‘ट्रयाङ्कुलिटी स्पा’मा उपलब्ध गराउँदै आएको छ। 

एयरलाइन्समा स्थापित भारतीय कम्पनी टाटा समूह र सिंगापुर एयरलाइन्सको संयुक्त लगानी छ। नेपालसहित यसले विश्वका विभिन्न ३० गन्तव्य स्थानमा नियमित उडान भर्दै आएको छ। एयरलाइन्सले विद्यार्थीका लागि २० किलोसम्मको ‘लगेज’ लैजाने सुविधा निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको छ।