मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o असोज २ मंगलबार
  • Sunday, 13 July, 2025
डिलाराम भुसाल कपिलवस्तु
२o८o असोज २ मंगलबार १२:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

छोराले चिर्पट प्रहार गर्दा बाबुको मृत्यु

Read Time : < 1 मिनेट
डिलाराम भुसाल, कपिलवस्तु
नयाँ पत्रिका
२o८o असोज २ मंगलबार १२:३१:oo

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं ८ पुलचोकमा छोराले चिर्पट दाउरा प्रहार गर्दा बुबाको मृत्यु भएको छ। मदिरा सेवन गरेका छोराले रिसको झोकमा बुबालाई चिर्पट प्रहार गरेको बताइएको छ।

अन्दाजी २५ वर्षीय ‘लुरे’ भन्ने छोरा भुवन दर्जीले चिर्पट प्रहार गर्दा अन्दाजी ६२ वर्षीय बुवा बलबहादुर दर्जीको मृत्यु भएको प्रहरीले जनाएको छ। बाबु–छोराबीच विगतमा पनि झगडा हुँदै आएको  थियो।

चिर्पट दाउराले हानेपछि गम्भीर घाइते भएका बुवा बलबहादुरलाई अस्पतालले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ।

लुरेलाई प्रहरीले पक्राउ गरी थुनामा राखेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ।