मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २ मंगलबार
  • Tuesday, 18 February, 2025
२o८o असोज २ मंगलबार १२:o७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

हात्ती रोक्न कागती खेती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज २ मंगलबार १२:o७:oo

 दैनिक हुल बाँधेर आउने जंगली हात्तीले धानबाली नष्ट गर्न थालेपछि वैकल्पिक खेतीका रूपमा कागती खेती सुरु गरिएको छ । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीका अधिकांश किसानले विकल्पमा कागती खेती सुरु गरेका हुन् । कम लगानी गर्दा पनि बढी आम्दानी हुने र हात्तीले नष्ट नगर्ने हुँदा कागती खेतीतर्फ किसान आकर्षित भएका हुन् ।

बाहुनडाँगीमा पाँच कठ्ठादेखि तीन बिघा क्षेत्रफलमा धानको साटो व्यावसायिक कागती खेती भइरहेको वडाध्यक्ष अर्जुन कार्कीले बताए ।उनका अनुसार वडा ४ मा मात्र व्यावसायिक रूपमा कागती खेती गर्ने किसान २५ भन्दा बढी छन् । उनले विगत चार वर्षअघि किसानलाई निःशुल्क रूपमा कागतीको बिरुवा नै वितरण गरिरहेको बताए ।

‘आठ वर्षअघि विश्व बैंकको लगानीमा हात्ती रोक्ने विद्युतीय घेराबारा १२ किलोमिटर गर्ने र १२ किलोमिटर कागती रोपेर जैविक फेन्सिङ गर्ने भन्ने योजना थियो,’ उनले भने, ‘तर, बैंकसँग कागती रोप्नेभन्दा ढुंगामुढा लगाउन सस्तो पर्ने भएपछि कागती खेती भएन ।’ वडा ४ मगरडाँडाका सन्तोष अधिकारीले कागती बेचेर वार्षिक २५ लाख रुपैयाँ आम्दानी गरेको बताए । धानखेतीबाट भन्दा कागती खेतीबाट प्रतिबिघा पाँच लाख बढी नाफा भएको उनको भनाइ छ । रासस