१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौैं
Invalid date format २१:११:oo
Read Time : < 1 मिनेट
समाचार

प्रहरी रिपोर्टसम्बन्धी नयाँ निर्देशिका, प्रमाणमा कसुर उल्लेख नहुने (यस्तो छ निर्देशिका)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौैं
नयाँ पत्रिका
Invalid date format २१:११:oo

गृह मन्त्रालयले ‘प्रहरी चारित्रिक प्रमाणपत्र वितरणसम्बन्धी नयाँ निर्देशिका’ बनाएको छ। 

सोमबार राजपत्रमा प्रकाशित निर्देशिकाअनुसार अब चारित्रिक प्रमाणपत्र लिने व्यक्तिको अभियोग वा कसुर चारित्रिक प्रमाणपत्रमा उल्लेख हुनेछैन। 

साथै, अनलाइन आवेदन दिएको पाँच कार्यदिनभित्रै प्रमाणपत्र पाउने भएका छन्। 

कुनै फौजदारी अभियोगमा सफाइ पाएको, मुद्दा चलिरहेको, मुद्दा विचाराधीन रहेको, मुद्दा फिर्ता लिइएको वा कसुर भुक्तान भैसकेको भए पनि अभियोग वा कसुर उल्लेख नगरी चारित्रिक प्रमाणपत्र दिइने निर्देशिकामा उल्लेख छ। 

यसअघि अभियोगमा मुद्दा चलिरहेको वा कसुर भुक्तान गरिसकेको भए पनि प्रमाणपत्रमा अभियोग वा कसुरको विषय उल्लेख हुँदा समस्या भएको गुनासोपछि नयाँ निर्देशिका बनेको हो।