मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o असोज १ सोमबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o असोज १ सोमबार २o:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नक्कली बैंक स्टेटमेन्ट बनाउने कन्सलटेन्सी सञ्चालक पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज १ सोमबार २o:३७:oo

नक्कली बैंक स्टेटमेन्ट बनाएको आरोपमा एक कन्सलटेन्सी सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। पुतलीसडकस्थित करिअर विङ्स कन्सलटेन्सीका सञ्चालक ताराचन्द शर्मालाई प्रहरीले पक्राउ गरेको हो। 

उनले अस्ट्रेलिया जाने एक विद्यार्थीको नक्कली स्टेटमेन्ट बनाई भिसाका लागि अप्लाई गरेका थिए। खातामा ६४ लाख १० हजार बचत रहेको देखाएर माछापुच्छ्रे बैंकको नक्कली स्टेटमेन्ट प्रिन्ट गराएका थिए। 

सोही आधारमा ती विद्यार्थी अस्ट्रेलियाको कलेजमा भर्ना भए। उता गएपछि ती विद्यार्थीले कन्सलटेन्सीले आफ्नो नक्कली स्टेटमेन्ट बनाएको पत्ता लगाएपछि बैंकलाई खबर गरेका थिए। 

सोही आधारमा बैंकको उजुरीका आधारमा शर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले बताए। शर्मालाई बैंकिङ कसुर मुद्दामा अनुसन्धान अघि बढाइएको उनको भनाइ छ। स्टेटमेन्ट बनाएको शुल्क विद्यार्थीसँग लिएर शर्माले नक्कली बनाएका थिए। 

स्रोतका अनुसार सो कन्सलटेन्सीले अरू धेरै विद्यार्थीको पनि नक्कली स्टेटमेन्ट बनाएको आशंकामा अनुसन्धान सुरु भएको छ। यसमा सञ्चालकसहित अन्य कर्मचारीहरू पनि छानबिनमा छन्। 

कन्सलटेन्सीहरूले बैंक स्टेटमेन्ट मात्र नभई शैक्षिक प्रमाणपत्रहरूसमेत नक्कली बनाउने गरेको सूचना प्रहरीले पाएको छ। खासगरी बागबजार क्षेत्रका कन्सलटेन्सीहरूले भिसाका लागि उच्च प्राप्तांकसहितको नक्कली प्रमाणपत्र पेस गरेको उजुरी प्रहरीमा परेका छन्।