मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o असोज १ सोमबार
  • Saturday, 12 July, 2025
२o८o असोज १ सोमबार १५:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ताप्लेजुङमा अरिँगालले टोकेर एक वृद्धाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज १ सोमबार १५:४१:oo

लोप हुँदै गएको अरिँगालले टोकार ताप्लेजुङमा एक वृद्धाको मृत्यु गएको छ। जिल्लाको आठराई त्रिवेणी गाउँपालिका– ४ चाँगेकी ७४ वर्षीया सुनमाया तामाङको अरिँगालको टोकाइबाट मृत्यु भएको हो।

वडाध्यक्ष अर्जुन लिम्बूका अनुसार तामाङलाई शनिबार दिउँसो जंगलमा दाउरा खोज्न गएका वेला अरिँगालले टोकेको थियो। अरिँगालले टोकेर गम्भीर घाइते भएकी वृद्धालाई चाँगे स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको थियो। थप उपचारका लागि जिल्ला अस्पताल लैजाने तयारी हुँदै गर्दा आइतबार तामाङको मृत्यु भएको वडाध्यक्ष लिम्बूले जानकारी दिए।