Skip This
एमालेलाई चीनको सन्देश : सम्बन्धको प्रमुख आधार राष्ट्रिय एकता र स्वाधीनताको अडान
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
शुरोजंग पाण्डे काठमाडाैं
Invalid date format o९:११:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एमालेलाई चीनको सन्देश : सम्बन्धको प्रमुख आधार राष्ट्रिय एकता र स्वाधीनताको अडान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:११:oo

छिमेकी मुलुक चीनले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानका पक्षमा राख्ने अडानलाई एमालेसँगको सम्बन्धको प्रमुख आधार बनाउने सन्देश दिएको छ ।

चीन भ्रमणमा गएको महासचिव शंकर पोखरेल नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डललाई चीनले एमालेसँगको सम्बन्ध बलियो बनाउँदै नयाँ उचाइमा पुर्‍याउन चाहेको सन्देश दिएको हो । महासचिव पोखरेल पार्टी उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनका कारण भ्रमण छोट्याएर २७ भदौमा स्वदेश फर्किएका थिए । पोखरेलबाहेक प्रतिनिधिमण्डलका सदस्य २९ भदौमा फर्किएका थिए । 

‘नेकपा (एमाले)ले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राख्न लिएको अडानको हामी प्रशंसक हौँ । चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टी नेकपा (एमाले)लाई चीनको पक्षमा मात्रै उभिनुहोस् कहिल्यै भन्दैनौँ, त्यो हाम्रो चाहना पनि होइन,’ चीनले दिएको सन्देश उल्लेख गर्दै एमाले प्रतिनिधिमण्डलका तर्फबाट जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘तपाईंहरू आज जसरी नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमान पक्षमा उभिनुभएको छ । हाम्रो सृदढ सम्बन्धको प्रमुख आधार र जग यही हो । हामी यही चाहन्छौँ । यसमा एमालेका अध्यक्ष क. केपी शर्मा ओलीको विचार देशभक्तिपूर्ण पाएका छौँ ।’ चीनले राष्ट्रियताको सवालमा ओलीले राखेको विचारको प्रशंसा गरेको पनि विज्ञप्तिमा उल्लेख छ । 

संगठन र विचारका हिसाबले एमाले सबैभन्दा व्यवस्थित पार्टीका रूपमा पाएकाले सम्बन्धलाई अझ नयाँ उचाइमा लैजान चाहेको विषयलाई चीनले खुला रूपमा प्रकट गरेको भ्रमण टोलीका सदस्य तथा केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले बताए । चिनियाँ पक्षले नेपालको समृद्धिमा लाओसलाई जस्तै सहयोग गर्ने चाहना व्यक्त गर्दै एमालेको नेतृत्वमा स्थायी र बलियो सरकारका लागि शुभेच्छा व्यक्त गरेको पनि विज्ञप्तिमा जनाइएको छ ।

‘नेपालजस्तै भूपरिवेष्टित लाओस आज समृद्धिको बाटोमा छ । लाओस समृद्धिमा चीनले ‘कनेक्टिभिटी’मा गरेको सहयोग महत्वपूर्ण छ । हामी नेपाललाई पनि इमानदारपूर्ण सहयोग गर्न चाहन्छौँ । त्यसका लागि स्थायी र बलियो सरकार जरुरी छ । यसमा नेकपा (एमाले) सफल रहोस्, हाम्रो शुभेच्छा छ,’ विज्ञप्तिमा भनिएको छ । त्यस्तै, बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) मार्फत नेपालले आफ्नो विकास र समृद्धिको यात्रामा लाभ लिन ढिला नगर्न सुझाव दिँदै चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूले चीनले आफ्नो आधुनिकीकरणका क्रममा गरेका आर्जन गरेका अनुभव, ज्ञान, प्रविधि, जनशक्ति र सीपले नेपालको विकासमा धेरै ठूलो सहयोग हुने विश्वाससहित एमालेसँग गहिरो, सुदृढ र इमानदार सम्बन्ध चाहेको धारणा राखेका थिए । 

भ्रमणलाई चिनियाँ कम्युनिस्ट पार्टीले उच्च महत्व दिएको भ्रमण टोलीका सदस्य प्रेस चौतारी नेपालका उपाध्यक्ष राजेश राईले बताए । चीनले पर्यावरणीय हिसाबले विश्वको नमुना सहरका रूपमा विकास गरिरहेको छिङहाई प्रान्तको राजधानी सिनिङमा चिनियाँ कम्युनिस्ट पार्टीले आयोजना गरेको ‘चिनियाँ आधुनिकीकरण : मानवता र प्रकृतिबीचको सद्भाव’ विषयक ३० देशका प्रतिनिधि सहभागी अन्तर्राष्ट्रिय सेमिनारमा महासचिव पोखरेललाई प्रमुख वक्ता बनाएको थियो । त्यसक्रममा पोखरेलले विदेश विभाग प्रमुख लिउ जियनचाओलगायत राष्ट्रपति सी जिनपिङनिकट नेताहरूसँग अलग–अलग भेटर्वार्ता गरेका थिए । 

चीन सम्बन्धलाई नयाँ उचाइमा लैजान चाहन्छ 
राजेन्द्र गौतम, केन्द्रीय प्रचार विभाग प्रमुख

संगठन र विचारका हिसाबले एमाले सबैभन्दा व्यवस्थित पार्टीका रूपमा पाएकाले चीनले एमालेसँगको सम्बन्धलाई अझ नयाँ उचाइमा लैजान चाहेको छ । चिनियाँ पक्षले नेपालको समृद्धिमा लाओसलाई जस्तै सहयोग गर्न चाहेको छ । एमालेको नेतृत्वमा स्थायी र बलियो सरकारका लागि शुभेच्छा पनि व्यक्त गरेको छ ।

एमालेप्रति चीनको धारणा
जसरी एमाले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमान पक्षमा उभिएको छ, हाम्रो सुदृढ सम्बन्धको प्रमुख आधार र जग यही हो । हामी यही चाहन्छौँ । यसमा एमाले अध्यक्ष क. केपी शर्मा ओलीको विचार देशभक्तिपूर्ण पाएका छौँ ।