Skip This
समीक्षाले गाइन्  ‘जीवनको रेल’ 
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o भदौ ३० शनिबार
  • Wednesday, 12 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८o भदौ ३० शनिबार ११:o२:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

समीक्षाले गाइन्  ‘जीवनको रेल’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ ३० शनिबार ११:o२:oo

गीतकार दीपेन्द्र अधिकारीको सिर्जना रहेको ‘जीवनको रेल’ बोलको गीतको भिडियो  सार्वजनिक गरिएको छ।  शुक्रबार  डिए क्रिएसन युट्युब च्यानलबाट उक्त  भिडियो सार्वजनिक भएको हो। गायक तथा संगीतकार सिडी विजय अधिकारी र राजु कार्कीको संगीत संयोजनमा तयार भएको गीतमा सुमधुर स्वरकी धनी गायिका समीक्षा अधिकारीले स्वर दिएकी छिन्। गीतको मिक्सिङ तथा मास्टरिङ राजकुमार बगरले गरेका छन्।

म्युजिक भिडियोमा छायांकन, सम्पादन र निर्देशनको भूमिका वीरेन्द्र भाट विपिनले निभाएका छन्। भिडियोमा गीतको मर्मअनुसार गायिकालाई मात्र प्रस्तुत गरिएको छ। 

झट्ट सुन्दा विगत केही समयदेखि समीक्षाको जीवनमा घटेको घटनालाई आधार मानेर लेखिएजस्तो लाग्ने गीतका शब्दहरूले आममानिसका जीवनमा घट्ने घटनालाई प्रतिबिम्बित गरेको छ। 

जीवनको रेल छुटेर जाँदा थाहा नै भएन 
सपना सबै टुटेर जाँदा थाहा नै भएन
गर्नलाई त कल्पना सुन्दर गरेकै थिएँ नि 
यस्तरी भाग्य फुटेर जाँदा थाहा नै भएन