१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २९ शुक्रबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ २९ शुक्रबार १७:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विधेयकको विरोधमा शिक्षक महासंघले सार्वजनिक गर्‍यो आन्दोलनका कार्यक्रम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ २९ शुक्रबार १७:o७:oo

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले असोज ३ गतेदेखि विद्यालय बन्द गर्नेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। 

शिक्षक र विद्यालयका कर्मचारीको मूलभूत मुद्दाहरूलाई सम्बोधन नगरी संविधानप्रदत्त ट्रेड युनियन अधिकारमाथि अंकुश लगाउने गरी विधेयक ल्याएको भन्दै महासंघले सडक आन्दोलन गर्न लागेको हो।

नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति अध्यक्ष कमला तुलाधरले सरकारकै कारण आफूहरू आन्दोलनमा जान बाध्य भएको बताइन्। उनले पहिलो चरणमा काठमाडौंकेन्द्रित आन्दोलनको घोषणा गरिएको जानकारी दिइन्। शिक्षकहरूलाई पञ्चायतकालभन्दा बढी अंकुश लगाउने गरी विधेयक प्रस्तुत भएको उनको आरोप छ।

ऐनमा संघ सरकारले शिक्षकको तलब–भत्ता सुनिश्चित गरे पनि दरबन्दी मिलानका क्रममा पालिकालाई अधिकार दिइएको भन्दै तुलाधरले आपत्ति जनाइन्। उनले एउटा पालिकाले अर्को पालिकामा सोझै सरुवा गर्ने प्रावधानहरू ऐनमा उल्लेख भएको भन्दै यो विषय संशाेधन हुनुपर्ने तथा पुरानै प्रणालीअनुसार पेन्सन पाउनुपर्ने बताइन्।

अस्थायी प्रकृतिका शिक्षक, विद्यालय कर्मचारी, बालशिक्षकको स्थायित्वको सवालमा शिक्षा ऐन नबोलेको शिक्षकहरूको आरोप छ।