१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format ११:४४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

११ वर्षपछि बागलुङमा चारपाँग्रे सवारीसाधनको लाइसेन्स परीक्षा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:४४:oo

बागलुङमै चारपांग्रे सवारीसाधनको लाईसेन्सको ट्रायल खुलेपछि स्थानीय पोखरा जाने झन्झटबाट मुक्त भएको छन्।  

बुधबारबाट बागलुङमा ११ वर्षपछि चारपांग्रे सवारीसाधनको लाइसेन्स परीक्षा सुरु भएको छ। सवारी लाइसेन्स परीक्षा सञ्चालन तथा व्यवस्थापन मापदण्डअनुसारको पूर्वाधार नहुँदा २०६९ सालदेखि रोकिएको परीक्षा बुधबारदेखि सुरु भएको हो। 

योसँगै धौलागिरि क्षेत्रका सबै नागरिकलाई सहज भएको छ। मापदण्ड पुगेका पूर्वाधार अभाव भएपछि यातायात व्यवस्था कार्यालयले भाडामा लिन बोलपत्र आह्वान गरेको थियो। 

पहिलोपटकको बोलपत्रमा पूर्वाधार पुगेका निजी क्षेत्रसमेत नभेटिएपछि फेरि दोस्रोपटक आह्वान गर्दा यहाँको धौलागिरि ड्राइभिङ सेन्टर प्रालिको मापदण्ड पुगेको भेटिएको हो। उक्त संस्थासँग सम्झौता गरेर यातायात व्यवस्था कार्यालय बागलुङले परीक्षा थालेको  कार्यालय प्रमुख पारसिंह थापाले जानकारी दिए।

गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेशम जुग्जालीले परीक्षाको उद्घाटन गरेका थिए। उनले धौलागिरि क्षेत्रमा हालसम्म दुई पांग्रे सवारीसाधनको मात्र परीक्षा हुँदै आएको या थप्नुपर्ने आवश्यकत रहेको बताए। उनले यस क्षेत्रको आवश्यकता अनुसार थपिएको र यो अभियान अब नरोकिने गरी सुरु भएको समेत बताए। 

बुधबारको परीक्षामा १ सय १० जनाले बी समूहको ट्रायल परीक्षाका लागि फारम भरेका थिए। सोमध्ये ९८ जना उपस्थित भइ परीक्षा दिएका छन्। जसमा २६ जनाले परीक्षा उत्तिर्ण गरेको यातायात कार्यालय बागलुङका कम्प्युटर अधिकृत श्यामकुमार थापाले जानकारी दिए। 

कार्यालयले दुई पांगै्रसँगै चार पांग्रेको पनि नियमित रुपमा ट्रायल हुने बताएको छ। अब नियमित चारपांग्रेको पनि ट्रायल  हुनेछ यो काम रोकिने छैन कार्यालय प्रमुख थापाले भने, ‘पोखरा वा अन्य ठाउँमा जानु पर्ने बाध्यता हट्छ।’ 

चार पाग्रेभित्रका बी, सी, इ, एफ र जी समूहको परीक्षा बागलुङमै हुनेछ। यसअघि मोटरसाइटल र स्कुटरको प्रयोगात्मक परीक्षा मात्र यहाँ भइरहेको थियो। परीक्षा नियमित रुपमा चल्ने निश्चित भयो भने भीड पनि नहुने, सहजै काम पनि गर्न सकिने उनले बताए। 

बागलुङ नगरपालिका १ को गणेशस्थानमा रहेको ड्राइभिङ सेन्टरलाई स्थायी रुपमा परीक्षा सञ्चालन गर्ने गरी सीसी क्यामेरा, सुरक्षा व्यवस्था र कर्मचारीको समेत व्यवस्थापन गरिसकिएको कार्यालयका बताए।