
युरोकप २०२४ को छनोटअन्तर्गत पोर्चुगलले मंगलबार राति लक्जम्बर्गमाथि ९–० को सानदार जित निकालेको छ । कप्तान क्रिस्टियानो रोनाल्डोविना मैदानमा उत्रेको पोर्चुगलले पहिलो हाफमा चार र दोस्रो हाफमा पाँच गोल गरेको थियो ।
अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्धका कारण रोनाल्डोले छनोट खेल गुमाएका हुन् । अन्तर्राष्ट्रिय खेलमा रोनाल्डोले लक्जम्बर्गविरुद्ध ११ गोल गरेका छन् । पोर्चुगलले युरोकप छनोटमा लक्जमबर्गमाथि ठूलो अन्तरको जित निकालेको हो । लक्जम्बर्गविरुद्ध पोर्चुगलले पछिल्ला ६ खेलमा २१ गोल गरेको छ ।
पोर्चुगलको इस्ताडियो अलगार्भेमा भएको खेलमा रामोस, डिफेन्डर गोन्कालो इनासियो र डिएगो जोटाले समान दुई गोल गरेका थिए । यसैगरी, जोअाअो फेलिक्स, डिएगो होर्टा र ब्रुनो फर्नान्डेजले समान एक गोल गरे । रामोसले पोर्चुगललाई सुरुवाती अग्रता दिलाए । समूह ‘जे’ मा पोर्चुगलले ६ खेलमा १८ अंक जोडेको छ । लिक्टेन्स्टाइनलाई ३–० ले हराएको स्लोभाकियाको १३ अंक छ ।