१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका नुवाकाेट
२o८१ जेठ १ मंगलबार o६:३६:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

माथिल्लो त्रिशूली–१ को शिलान्यास ०८३ मंसिरभित्र सञ्चालनमा ल्याइने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, नुवाकाेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o६:३६:oo

कोरियन लगानीमा निर्माणाधीन दुई सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ । रसुवामा निर्माणाधीन उक्त आयोजनाको मंगलबार काठमाडौंमा विशेष समारोहबीच ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले शिलान्यास गरेका हुन् । विशेष समारोहबीच आयोजनाको बाँधलगायतका संरचना (हेडवक्र्स) निर्माण कार्यको शिलान्यास गरिएको हो । 

नेपालको आन्तरिक खपतका लागि कोरियन कम्पनीहरूको प्रत्यक्ष वैदेशिक लगानीमा यो आयोजना निर्माण हुँदै छ । रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकुमा बाँधलगायतका संरचना र उत्तरगया गाउँपालिका–१ मा भूमिगत विद्युत्गृहलगायतका संरचनाहरू निर्माणाधीन छन् ।शिलान्यास समारोहमा मन्त्री बस्नेतले यो आयोजना हिउँदको विद्युत् माग पूरा गर्न आकर्षक रहेकाले तोकिएकै समयमा निर्माण सम्पन्न गर्नुपर्ने बताए । आयोजनाको मुख्य लगानीकर्ता कोरिया साउथ–इस्ट पावर (कोइन)का सभापति एवं प्रमुख कार्यकारी अधिकृत होउ चुन किमले जलविद्युत्मार्फत नेपालको आर्थिक विकास गर्न सकिने बताए । ‘नेपालले जलस्रोतको प्रयोग गरी स्वच्छ हरित ऊर्जा उत्पादन गर्न सक्छ । त्यसको आन्तरिक रूपमा खपत बढाई र अतिरिक्त भएको ऊर्जा छिमेकी देशहरूमा निर्यात गरी आर्थिक समृद्धि हासिल गर्न सक्नेछ,’ उनले भने, ‘जलवायु परिवर्तनको असर न्यूनीकरणमा पनि नेपालले ठूलो योगदान गर्न सक्छ ।’

आयोजनाको मुख्य निर्माण पुस ०७८ बाट सुरु गरिएको थियो । भूमिगत विद्युत्गृह, मुख्य सुरुङ, बाँधलगायतका सम्पूर्ण संरचनाहरूको निर्माण सबैतिरबाट तीव्र गतिमा भइरहेको छ । आयोजनाको समग्र भौतिक प्रगति २२ प्रतिशत रहेको छ । 

आयोजनाको मुख्य निर्माण पुस ०७८ बाट सुरु गरिएको थियो । भूमिगत विद्युत्गृह, मुख्य सुरुङ, बाँधलगायतका सम्पूर्ण संरचनाहरूको निर्माण सबैतिरबाट तीव्र गतिमा भइरहेको छ । आयोजनाको समग्र भौतिक प्रगति २२ प्रतिशत रहेको छ । आयोजनाको बाँध वर्षायाम सकिएपछि निर्माण सुरु गरिनेछ । आयोजनाको निर्माण मंसिर ०८३ भित्र सक्ने लक्ष्य राखिएको छ । यो आयोजनाको विद्युत् प्राधिकरणले किन्ने गरी २०१८ मै विद्युत् खरिद–बिक्री सम्झौता  भइसकेको छ । 

आयोजना निर्माणमा हाल करिब एक हजार श्रमिक परिचालित छन् । त्यसमध्ये करिब पाँच सय रसुवा जिल्लाका स्थानीय बासिन्दा छन् । आयोजनाको प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोएन, विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमलगायतको सेयर लगानी रहेको छ । आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ । 

कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको ब्याजसहित) रहेको आयोजनामा नौ अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन् । बाँकी रकम स्वपुँजी (इक्विटी)बाट जुटाइएको छ । आयोजनाबाट वार्षिक रूपमा एक अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुनेछ । आयोजनाबाट उत्पादन हुने कुल वार्षिक ऊर्जामध्ये ३८.७५ प्रतिशत हिउँदयाममा र ६१.२५ प्रतिशत वर्षायाममा उत्पादन हुनेछ । उत्पादित ऊर्जा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको त्रिशूली–३ ‘बी’ हब सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ ।  

ad
ad