१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २६ मंगलबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ २६ मंगलबार १६:३६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सेन्ट्रल फाइनान्सकाे बुटवल र वीरगन्ज शाखाद्वारा विभिन्न कार्यक्रम सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ २६ मंगलबार १६:३६:oo

सेन्ट्रल फाइनान्स लिमिटेड बुटवल शाखाले बुटवल उपमहानगरपालिका– ७ मा रहेको सुस्त मनस्थिति बाल विद्या मन्दिरमा खेलकुद तथा शैक्षिक सामग्री वितरण गरेको छ।

संस्थाले तिलोत्तमा नगरपालिका– ६ स्थित अनाथ तथा असहाय महिला कल्याण समाजका बालबालिकालाई पनि पोसाक तथा जुत्ता वितरण गरेको छ। उक्त दुवै कार्यक्रम संस्थाको बुटलवल शाखाकी प्रमुख रविना थापाको अगुवाइमा भएको हो।

यसैगरी, संस्थाको वीरगन्ज शाखाले पनि वीरगन्ज पब्लिक स्कुलको प्लस २ तहका विद्यार्थीलक्षित वित्तीय साक्षरता कार्यक्रम गरेको छ। संस्थाको वीरगन्ज शाखा प्रमुख कृष्णकुमार झाको अगुवाइमा सञ्चालित उक्त कार्यक्रममा कलेजका छात्रछात्राहरू तथा शिक्षक–शिक्षिकाका साथै संस्थाका कर्मचारीको उपस्थिति थियो।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत संस्थाको बुटवल तथा वीरगन्ज शाखा कार्यालयबाट यी कार्यक्रम सञ्चालन गरिएको हो।

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त वित्तीय संस्थाको रूपमा विगत २६ वर्षदेखि बैंकिङ सेवा दिँदै आएको यस संस्थाको कुपण्डोलस्थित केन्द्रीय कार्यालयसहित १९ वटा शाखा र भक्तपुरको सल्लाघारीमा एक एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेको छ।