१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १२:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

करिब नाै किलो चरेससहित दार्चुलाबाट दुईजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १२:४९:oo

दार्चुलाबाट लागुऔषध चरेससहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। शैल्यशिखर नगरपालिका– ९ नायलबाट एक महिला र एक पुरुष चरेससहित पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा बैतडीको पुर्चौडी नगरपालिका– ४ भटनाकी ३५ वर्षीया भावना धामी र सोही ठाउँका ४४ वर्षीय जयबहादुर धानुक रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोकुलेश्वर र जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको टोलीले चेकजाँच गर्दा उनीहरूको साथबाट आठ किलो आठ सय ५० ग्राम चरेस बरामद भएको सिंहले बताए।

धामीको साथबाट ६ किलो र धानुकको साथबाट दुई किलो आठ सय ५० ग्राम चरेस बरामद गरिएको छ। दुवैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसअघि प्रहरीले लटिनाथबाट ६ किलो पाँच सय ६५ ग्राम चरेससहित एकजनालाई पक्राउ गरेको थियाे। आर्थिक वर्ष ०७९/८० मा प्रहरीले जिल्लाका विभिन्न स्थानबाट १३ किलो चरेस बरामद गरेको थियो।

ad
ad