१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैँं
२o८१ बैशाख २४ सोमबार o८:५४:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

जथाभावी फोहोर फाल्नेमाथि टोलमै निगरानी बढाउँदै ललितपुर, सिसिटिभी भिडियो रेकर्ड हेर्दै, जरिवाना गर्दै 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैँं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:५४:oo

ललितपुर महानगरपालिकाले फोहोरमैला व्यवस्थापनमा कडाइ गर्न थालेको छ । यसका लागि महानगरले गत जेठदेखि नै जथाभावी फोहोर फाल्नेलाई टोलटोलमै निगरानी र कारबाही गर्न थालेको हो ।

महानगरअन्तर्गत नगर प्रहरी प्रमुख सीताराम हाछेथूका अनुसार महानगरले जथाभावी फोहोरमैला फाल्नेलाई टोलटोलमै निगरानी राख्न सुरु गरेको छ । ‘हामीले सुरुवातमा जथाभावी फोहोर नगर्न माइकिङ गर्‍यौँ । सम्झाई–बुझाई पनि गर्‍यौँ । तर, अब फोहोर फाल्नेलाई कारबाही गर्न थालेका छौँ । कारबाही नगर्दा अरू मानिसको मनोबल बढ्यो,’ उनले भने, ‘यसका लागि टोलटोलबाटै सुरु गरेका छौँ । वडाले राखेको सिसिटिभीको रेकर्डका आधारमा घरघरै गएर जथाभावी फोहोर फाल्नेलाई जरिवाना तिराउन थालेका छौँ ।’

महानगरले १० भदौदेखि वडा नम्बर २, ५, १० र १९ ले सडक र टोलमा राखेको सिसिटिभीको भिडियो रेकर्डका आधारमा जथाभावी फोहोर फाल्नेलाई घरमै गएर कारबाही गर्न थालेको हो । जेठ अन्तिम साताबाट कडाइ गर्न थालिएको उनको भनाइ छ । जेठ अन्तिम साता सेफ्टी ट्यांकी सफा गरेर ल्याएको फोहोर च्यासलस्थित मनोहरा खोलामा मिसाएपछि महानगरले ५० हजार जरिवाना गरेको थियो ।

बा.३ख २८० नम्बरको कन्टेनरसहित ज्योति श्रेष्ठ र खोलामा फोहोर फाल्ने धन्दा चलाउँदै आएका दुर्गेश तामाङलाई नियन्त्रणमा लिएको थियो । गत २५ साउनमा ग्वार्कोस्थित क्विस्ट इन्टरनेसनल कलेजले जथाभावी होडिङ बोर्ड राखेकाले ३० हजार जरिवाना गरेको थियो । भने १८ भदौमा मिराज आलमलाई १० हजार जरिवाना गरेको थियो । प्रशासनिक दण्ड, जरिवाना र जफत शीर्षकमा महानगरले आलमलाई जरिवाना गरेको थियो । फुटपाथमा फोहोरका बोरा फालेपछि उनलाई जरिवाना गरिएको महानगरले जनाएको छ । महानगरको फोहोरमैला व्यवस्थापन ऐन, ०७५ अनुसार जथाभावी फोहोरमैला फाल्नेलाई एक लाखसम्म जरिवाना गर्न मिल्ने व्यवस्था छ ।

मध्यरातमा पनि निगरानी
जथाभावी फोहोरमैला फाल्नेमाथि महानगरका नगर प्रहरीले निगरानी गरिरहेको छ । यसका लागि राति ८ देखि ११ बजेसम्म नगर प्रहरी टोली खटिने गरेको छ । बिहान ४ बजेदेखि ६ बजेसम्म पनि नगर प्रहरीको मोबाइल टोली खटिने गरेको छ । बिहान १० देखि अपराह्न ५ बजेसम्म एकजना नगर प्रहरीले गाडीसहित सार्वजनिक स्थानमा फालिएका फोहोर टिप्ने गरेको छ । ‘प्रत्येक महिना महानगरलाई सफा बनाउन लाखौँ खर्च गरेका छौँ । बिहानदेखि बेलुकासम्म फोहोर सफा गरेर के भयो त ? त्यसैले हामीले कडा निगरानी गर्न थालेका हौँ,’ उनले भने, ‘नगर प्रहरी भनेको सुरक्षा दिने मात्र होइन । सेवा गर्ने व्यक्ति पनि हो । त्यसैले हामीले ढल निकास, दमकल चलाउने, निःशुल्क एम्बुलेन्स सेवा दिँदै आएका छौँ ।’ उनका अनुसार सफा र सुन्दर महानगर भएका कारण पर्यटक पनि वृद्धि हुन थालेको छ । महानगरले सुन्दर र सफा महानगर बनाउन गत सातादेखि सडक र बोटबिरुवा पखाल्न थालेको छ । दैनिक तीनवटा बु्रमरले धुलो सफा गर्ने गरेको छ ।

ad
ad