१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
Invalid date format २१:o१:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

लिबियामा बाढीले १५० को मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:o१:oo

भूमध्यसागरमा आएको ड्यानियल आँधीका कारण लिबियामा मुसलधारे वर्षासँगै बाढी आउँदा एक सय ५० जनाको मृत्यु भएको एक सरकारी अधिकारीले बताएका छन्।

लिबियाको बेन्गाजीस्थित प्रशासनका प्रवक्ता मोहम्मद मसुदले डेर्ना, जबल अल-अख्दार क्षेत्र र अलमर्जको उपनगरमा आँधी ड्यानियलले पारेको मुसलधारे वर्षासँगै आएको बाढीमा परी कम्तीमा एक सय ५० जनाले ज्यान गुमाएका बताए। 

‘यो मानवीय क्षतिबाहेक सार्वजनिक एवं निजी सम्पत्तिको पनि व्यापक विनाश भएको छ,’ उनले एएफपी संवाददातालाई सुनाए। प्रधानमन्त्री ओसामा हमाद उद्धार समितिका प्रमुख र अन्य मन्त्रीहरू बाढीबाट भएको क्षतिको मूल्यांकन गर्न डेर्ना पुगेकाे बताएका छन्। 

त्रिपोलीमा संयुक्त राष्ट्रसंघको मध्यस्थतामा गठन भएको अन्तर्राष्ट्रिय मान्यता प्राप्त संक्रमणकालीन प्रशासनको प्रतिद्वन्द्वी हमादको सरकारले सोमबार डेर्नालाई प्रकोपग्रस्त क्षेत्र घोषणा गरेको छ। 

उद्धारमा खटिएका नौजना सैनिक जवान सम्पर्कविहीन छन्। पूर्वी लिबियामा आइतबार आँधीले जबल अल–अख्दारको भेगमा व्यापक क्षति गरेको छ।

केही दिनअघि डेनियल आँधीका कारण ग्रिस, टर्की र बुल्गेरियाका केही भागमा मुसलधारे वर्षा हुँदा २७ जनाको मृत्यु भएको थियो। (एएफपी)