१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
Invalid date format १२:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भन्सार छलीकाे ४३७ बाेरा चामल बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:२२:oo

सिराहा प्रहरीले भन्सार छलेर ल्याएकाे चामल बरामद गरेको छ। सिराहाको धनगढीमाई नगरपालिका– ९ मिलनचाेकमा पूर्ववाट पश्चिमतर्फ गइरहेको मधेश प्रदेश ०३–००१–क २५१० नम्बरको ट्रकमा भन्सार छलेर चामल गइरहेको सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा प्रहरीले सो चामल बरामद गरेको हो।

प्रहरीले भन्सार छलेर चामल तस्करी गर्दै आइरहेको ट्रकका चालक बाराको कोल्हवी नगरपालिका– २ का २७ वर्षीय शेखरप्रसाद मैनालीसँग सोधपुछ गर्दा भन्सार छली गरेको खुलेपछि चामलसहित ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। उक्त ट्रकमा २५ किलो बोराको दुई सय ३३ बोरा सेभेन स्टार भारतीय चामल र २५ किलो बोराको दुई सय चार बोरा मिना ब्रान्ड मन्सुली र जिरामसिनो चामल फेला परेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बूले जानकारी दिए।

सोधपुछका क्रममा बिलमा चार सय बोरा मात्र उल्लेख भएको, तर ट्रकमा चार सय ३७ बोरा रहेकाले चामल तस्करी भइरहेको खुलेपछि नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक लिम्बूले बताए। 

बरामद गरिएको चामलको मूल्य ६ लाख ६५ हजार र ट्रकको मूल्य ३५ लाख गरी ४१ लाख ६५ हजारको प्रतिवेदनसहित ट्रक र चामल राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएको प्रहरी उपरीक्षक लिम्बूले जानकारी दिए।