Skip This
काठमाडौंका ५० प्रतिशत  सहकारीले बुझाउँदैनन् विवरण 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २५ सोमबार
  • Saturday, 27 July, 2024
२o८o भदौ २५ सोमबार o७:२६:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

काठमाडौंका ५० प्रतिशत  सहकारीले बुझाउँदैनन् विवरण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ २५ सोमबार o७:२६:oo

काठमाडौं महानगरपालिकाभित्र सञ्चालित सहकारीमध्ये ५० प्रतिशतले मात्रै वार्षिक विवरण पेस गर्ने गरेका छन् । महानगरमा रहेका एक हजार नौ सय ५३ सहकारीमध्ये नौ सय ५५ ले मात्रै नियमित रूपमा वार्षिक विवरण पेस गरेका छन् ।

काठमाडौं महानगरपालिका सहकारी विभागका प्रमुख बलराम त्रिपाठीले सञ्चालनमा रहेका ५० प्रतिशतले मात्रै विवरण पेस गर्ने गरेकाले विवरण पेस नगर्नेका लागि अनुगमन गरी कारबाहीको दायरामा ल्याउने तयारी भइरहेको जानकारी दिए । ‘अब नियमित अनुगमन गर्ने र अनुगमनका क्रममा विवरण नबुझाउनेलाई नियमित काम–कारबाहीमा रोक लगाउने तथा अनुमति खारेज गर्ने तयारी गरेका छौँ,’ उनले भने ।

प्रमुख त्रिपाठीका अनुसार विवरण पेस गर्नका लागि विभागले दिएको पटक–पटकको सूचनालाई बेवास्ता गरेपछि अनुगमन गरी कारबाही गर्ने तयारी गरिएको हो । ‘नियमानुसार प्रत्येक सहकारीले एक वर्षभरि के गरे र के गर्दै छन् भन्ने विषयमा जानकारी गराउनुपर्ने हुन्छ,’ उनले भने, ‘कामपाको भित्री वडामा सहकारीको संख्या बढी रहेकाले उक्त स्थानमा समस्या बढी देखिएका छन् ।’