१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
डिलाराम भुसाल कपिलवस्तु
Invalid date format १६:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

घाँस काट्ने क्रममा करेन्ट लागेर मृत्यु

Read Time : < 1 मिनेट
डिलाराम भुसाल, कपिलवस्तु
नयाँ पत्रिका
Invalid date format १६:o३:oo

कपिलवस्तुमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। शिवराज नगरपालिका- १ शिवपुर बनकसबासामा रूखमा चढेर घाँस काट्ने क्रममा आइतबार बिहान ज्यान गएको हो।

मृत्यु हुनेमा अन्दाजी ५० वर्षका धनबहादुर थापा (काले) रहेको प्रहरीले जनाएको छ। उनी विगत केही समयदेखि स्थानीयहरूलाई घाँस दाउरा दिएर खाने बस्ने गर्दै आएका थिए। उनकाे परिवारका कुनै पनि सदस्य यहाँ नरहेको र सम्पर्क गर्ने प्रयास भइरहेको वडाध्यक्ष खिमविक्रम केसीले बताए। 

बिहान पानी परिरहेकाले रूखमा चढेको समयमा करेन्ट लगेको बताइएको छ। उनको घटना स्थलमै मृत्यु भएको थियो। थापाको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवा लगिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ।