१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २४ आइतबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ २४ आइतबार १३:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीको चीन भ्रमण : नागरिकले थाहा पाउने गरी नक्साबारे धारणा राख्न रास्वपाको सुझाव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ २४ आइतबार १३:o४:oo

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीको चीन भ्रमणमा नेपाली नागरिकले थाहा पाउने गरी नेपालको नक्साबारे धारणा राख्न सुझाव दिएको छ।

आइतबार सिंहदरबारमा प्रधानमन्त्रीले आसन्न अमेरिका र चीन भ्रमणबारे छलफल गर्न बोलाएको बैठकमा पार्टीको तर्फबाट सहभागी भएका नेता डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई सो सुझाव दिएका हुन्। उनले आफ्नो पार्टीले प्रधानमन्त्रीको अमेरिका र भीन भ्रमणमा सातबुँदे लिखित सुझाव दिएको पनि बताए।

‘प्रधानमन्त्रीज्यूको अहिलेको युएनसहितको चीन भ्रमणको विषय थियो। हामीले लिखित रूपमा सात बुँदा दिएको छाैँ। नक्साको विषय पनि हामीले चासोका साथ जानकारी गराएका छौँ। जनताले थाहा पाउने गरी देशको नक्साको विषय राख्नुपर्छ भनेका छौँ,’ उनले भने।

बैठकमा पार्टीको तर्फबाट चीनसँगका नाका खुलाउने र कूटनीतिक मर्यादाबारे समेत ध्यान दिन आग्रह गरेको पार्टीका उपाध्यक्षसमेत रहेका अर्यालले बताए।