१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २४ आइतबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ २४ आइतबार १२:३७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

हिमालय एयरलाइन्सले काठमाडौं-छिङ्डाओ उडान गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ २४ आइतबार १२:३७:oo

हिमालय एयरलाइन्सले काठमाडौंबाट चीनको छिङ्डाओमा सीधा उडान सुरु गर्ने भएको छ। आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै एयरलाइन्सले यसबारेमा जानकारी गराएको हो। 

पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदूत छन सोङलगायतको उपस्थिति थियो। 

पत्रकार सम्मेलनमा बोल्दै मन्त्री किराँतीले चीनको छिङ्डाओमा सीधा उडान भर्न लागेकोमा खुसी व्यक्त गरे। उनले उक्त विमानस्थल बिआरआई परियोजनाको भूमिका भएको नाताले महत्वपूर्ण रहेको बताए। 

उनले धेरै चिनियाँ नागरिकलाई पाहुनाको रूपमा नेपाल भित्र्याउन सके पर्यटन क्षेत्रमा नयाँ गन्तव्य बन्ने बताए। चीनका विभिन्न सहरबाट पोखराको सहरमा उडान गर्न चिनियाँ राजदूतसँग आग्रह गरे।  

मन्त्री किराँतीले काठमाडौं-पोखरा-चीनसम्म उडान गर्ने वातावरण मिलाउन सके नेपालमा पर्यटन क्षेत्रले नयाँ इँटा थप्ने विश्वास व्यक्त गरे।