मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २३ शनिबार
  • Saturday, 09 December, 2023
नयाँ पत्रिका काठमाडाैं
२०८० भदौ २४ आइतबार ०९:१५:००
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

राजनीतिक विश्लेषक चन्द्र किशोरलाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० भदौ २४ आइतबार ०९:१५:००

कोशीको राजनीतिक खिचातानीलाई कसरी हेरिरहनुभएको छ ?
कोशीमा मुख्यमन्त्री पदमाथि दलहरूको हानथापले संघीयतालाई नै गिज्याइरहेको छ । यो सार्थक संघीयता चाहने र संघीयता अन्त्य गर्न चाहने पक्षबीचको खेल या द्वन्द्व हो । यस प्रदेशको नामकरणदेखि नै समस्या देखिएको हो । पहिचान पक्षधर नाम राख्ने कि अन्य नाम राख्ने भन्ने विषयको विवादको परिणाम पनि हो अहिलेको समस्या । आफूहरूले संविधान निर्माण गरेको भनेर दाबी गर्ने कांग्रेस, एमाले र माओवादी नै अहिले संविधानलाई कमजोर बनाउने खेलमा लागेका छन् । यसको प्रयोग उनीहरूले कोशीमा गरिरहेका छन् । 

यसले त संघीयताप्रति नै वितृष्णा बढाउने काम गरिरहेको छैन र ?
दलहरूका यस्ता गैरसंवैधानिक क्रियाकलापले पक्कै पनि संघीयताविरोधीलाई बल दिन्छ । यसले संघीयताविरोधी आगोमा घिउ थप्ने काम गरेको छ । यसले राजनीतिक अस्थिरता बढाएको छ । राजनीतिक रूपमा अनैतिक र असंवैधानिक क्रियाकलापलाई मलजल गरेको छ । प्रदेशको पहिलो कार्यकालमा प्रदेश प्रमुखसमेत आफूखुसी परिवर्तन गरेर अस्थिरताको सुरुआत गरियो । अहिले मुख्यमन्त्रीको खेलमा दलहरूले त्यसैलाई निरन्तरता दिइरहेका छन् । यसमा सभामुखले पनि सहयोगी भूमिका खेल्नुभयो । यसले अन्ततः बढाउने भनेको संघीयताप्रतिको वितृष्णा नै हो । 

कोसी अन्ततः मध्यावधिको बाटामै जान लागेको त होइन नि ?
यसले तत्कालका लागि अस्थिरता बढाएको छ । सडक र सदन दुवैतिर द्वन्द्व चर्काएको छ । ठूला दलहरूको यस्तै रवैया रहिरहेमा यसले प्रदेशको मात्र नभई सिंगो मुलुककै राजनीतिलाई अकल्पनीय दुर्घटनातिर लान सक्छ ।