१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
कमलराज भट्ट काठमाडाैं
Invalid date format o७:४२:oo
Read Time : > 6 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

संघीय संसद्को विविधता : सामान्य लेखपढदेखि पिएचडीसम्मको उपस्थिति

Read Time : > 6 मिनेट
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:४२:oo

संविधानले नै समानुपातिक समावेशी सहभागिता सुनिश्चित गरेकाले ३३ प्रतिशत महिलासहित सबै जातजाति, भाषा, संस्कृति र समुदायको प्रतिनिधित्वले संघीय संसद् निकै विविधतापूर्ण छ । र, यही संसद्मा सांसदहरूका निजी जीवनका विवरण निकै चाखलाग्दा छन् । संघीय संसद् सचिवालयले हालै प्रकाशन गरेको संघीय संसद् सदस्य विवरण– २०८० मा सांसदहरूको शिक्षादेखि पारिवारिक विवरण पनि रोचक छन् । सामान्य लेखपढदेखि पिएचडीसम्म गरेको शैक्षिक योग्यता भएकाको सदनमा उपस्थिति छ । 

संसद् सचिवालयले पुस्तकमार्फत हालै सार्वजनिक गरेको सांसदहरूको विवरणअनुसार पाँचजना सांसदले विदेशी नागरिकसँग बिहे गरेका छन् । २४ जना अविवाहित छन् । १९ जना एकल (मृत्यु तथा सम्बन्ध–विच्छेद) छन् । तीनजना सांसदले त दुई विवाह गरेको विवरण दिएका छन् । संसद् सचिवालयले सांसदहरूबाट व्यक्तिगत विवरण फाराममार्फत सूचना संकलन गरी पुस्तक प्रकाशन गरेको र आमनागरिकलाई सांसदबारे सूचनामूलक जानकारी लिन सहज हुने अपेक्षा गरेको छ ।

‘पुस्तक संसद्का सदस्यबारे सूचनामूलक जानकारी लिन रुचि राख्नेका लागि उपयोगी हुनेछ,’ सभामुख देवराज घिमिरेले शुभकामना मन्तव्यमा भनेका छन् । पारदर्शिता, सुशासन र जवाफदेहिताको क्षेत्रमा पुस्तकले भूमिका खेल्ने उपसभामुख इन्दिरा रानाको धारणा छ । ‘कानुन बनाउने, सरकार निर्माण गर्ने, सरकारलाई जनताप्रति उत्तरदायी बनाउन खबरदारी गर्ने र जनताका आवाज राज्यका निकायसम्म पुर्‍याउने जिम्मेवारीमा रहेका सदस्यको विगत, वर्तमान र परिचयात्मक विवरण आमनागरिकले थाहा पाउनुपर्छ,’ उनले शुभकामना मन्तव्यमा भनेकी छिन् । 

अविवाहित २४, एकल १८ सांसद 
संघीय संसद्मा हाल २४ जना सांसद अविवाहित छन् । जसमा युवादेखि ज्येष्ठ नागरिकसम्म छन् । सांसदहरूले नै भरेर उपलब्ध गराएको विवरणअनुसार राप्रपाकी ३० वर्षीया अनिशा नेपाली, कांग्रेसकी ७४ वर्षीया अम्बिका बस्नेत, कांग्रेसकै ५४ वर्षीय किशोरसिंह राठोर, रास्वपाकी ३४ वर्षीया तोसिमा कार्की, एमालेकी ४१ वर्षीया दीपा शर्मा, रास्वपाकी २७ वर्षीया निशा डाँगी, कांग्रेसकी ५२ वर्षीया प्रतिमा गौतम, रास्वपाकी ३२ वर्षीया विन्दबासिनी कंसाकार, रास्वपाकै २८ वर्षीया बिनिता कठायत, कांग्रेसका ३० वर्षीय योगेश गौचन थकाली, कांग्रेसकै ५४ वर्षीय रामहरि खतिवडा र ३८ वर्षीया रूपा विकले बिहे गरेका छैनन् । 

यसैगरी राप्रपाकी ७० वर्षीया रोशन कार्की, रास्वपाका ४० वर्षीय सन्तोष परियार, एमालेकी ४२ वर्षीया सरस्वती सुब्बा, कांग्रेसकी ५६ वर्षीया सरिता प्रसाईं, कांग्रेसकै ३६ वर्षीया सीता मिजार, एमालेकी ३७ वर्षीया सुनिता बराल, कांग्रेसकी ४८ वर्षीया सुशीला थिङ अविवाहित छन् । 

राष्ट्रिय सभातर्फ एकीकृत समाजवादीकी ५६ वर्षीया जयन्तीदेवी राई, माओवादीका ६३ वर्षीय नारायणकाजी श्रेष्ठ, एमालेकी ४७ वर्षीया भगवती न्यौपाने, एकीकृत समाजवादीकी ५४ वर्षीया मदनकुमारी शाह र ५६ वर्षीया राजेन्द्रलक्ष्मी गैरे अविवाहित रहेको संसद् सचिवालयले जनाएको छ । 

पुस्तकमा उल्लेख भएअनुसार १८ जना सांसद एकल छन् । जसमा केहीको पति वा पत्नीको मृत्यु भएको छ भने केहीले सम्बन्ध–विच्छेद गरेका छन् । केहीले पति पत्नीको विवरण नै खुलाएका छैनन् । जसमा ५५ वर्षीया अञ्जनी श्रेष्ठ, ५३ वर्षीया इन्दिरा राना, ४२ वर्षीया ज्वालाकुमारी साह, ६० वर्षीय डिगबहादुर लिम्बू, ६१ वर्षीया दुर्गा राई, ६२ वर्षीय देवीप्रकाश भट्टचन, ५७ वर्षीय धनराज गुरुङ, ५७ वर्षीय प्रकाश ज्वाला, ५४ वर्षीया मैना कार्की, ६६ वर्षीय लीलानाथ श्रेष्ठ, ५१ वर्षीया विद्या भट्टराई, ५७ वर्षीया सपनाराज भण्डारी, ६७ वर्षीया सरस्वती बजिमय, ५४ वर्षीया हर्कमाया विश्वकर्मा छन् । राष्ट्रिय सभातर्फ ६८ वर्षीया गोमादेवी तिमिल्सिना, ४७ वर्षीय जगतबहादुर पार्की, ५६ वर्षीया तुलसाकुमारी दाहाल र ६३ वर्षीया सुमित्रा बिसी रहेका छन् ।

विदेशीसँग बिहे गरेका पाँच सांसद 
एमालेबाट समानुपातिक सांसद एकनाथ ढकालले फिलिपिनी नागरिक ब्लेसी गाडन ढकालसँग बिहे गरेका छन् । ढकालदम्पतीबाट ६ छोरी छन् । उदयपुर १ बाट निर्वाचित कांग्रेस सांसद नारायण खड्काले क्यानडेली नागरिक डा. इसाबेला वासियानासँग बिहे गरेका छन् । उनीहरूको एक छोरी छिन् ।

नवलपरासी पूर्वबाट निर्वाचित कांग्रेस सांसद एवं पूर्वमहामन्त्री शशांक कोइरालाले थाइल्यान्डकी नागरिक डा. सुफात्रा कोइरालासँग बिहे गरेका छन् । कोइरालादम्पतीबाट एक छोरी छिन् ।

तनहुँ १ बाट निर्वाचित रास्वपा सांसद एवं अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले भियतनामकी नागरिक सची वाग्लेसँग बिहे गरेका छन् । वाग्लेदम्पतीको एक छोरा छन् । काठमाडौं निवासी रास्वपाकी समानुपातिक सांसद सुमना श्रेष्ठले पोल्यान्डका नागरिक पावल लुकास स्काविन्स्कीसँग बिहे गरेकी छिन् । पोल्यान्डका नागरिक भए पनि पावल बेलायतमा बस्दै आएका छन् । श्रेष्ठदम्पतीको सन्तान छैन । 

जसले दुई बिहे गरे
संसद् सचिवालयले प्रकाशन गरेको विवरणअनुसार मुगु १ बाट निर्वाचित कांग्रेस सांसद ऐनबहादुर शाहीका दुई पत्नी छन् । सांसद शाहीले नै उपलब्ध गराएको विवरणअनुसार ऐनबहादुरले वसुना शाही र कमला शाहीसँग बिहे गरेका छन् । उनका चार छोरा र एक छोरी छन् ।

धादिङबाट प्रतिनिधित्व गर्ने राप्रपाका समानुपातिक सांसद बुद्धिमान तामाङका पनि दुई पत्नी छन् । राप्रपा संसदीय दलका उपनेता तामाङले गाहेत तामाङ र सरस्वती लामासँग बिहे गरेको विवरण दिएका छन् । उनका तीन छोरा र एक छोरी छन् ।

यसैगरी पर्सा १ बाट निर्वाचित सांसद प्रदीप यादवले पनि दुइटा बिहे गरेका छन् । उनले उपलब्ध गराएको विवरणअनुसार पिकी देवी र माधुरी गरी दुई पत्नी छन् । यादवका दुई छोरा र एक छोरी छन् ।

इलाम क्षेत्र नं २ बाट निर्वाचित ७१ वर्षीय सुवासचन्द्र नेम्वाङले पनि दुई बिहे गरेका छन् । विवरणअनुसार विशाल र नुमा उनका श्रीमतीहरु हुन् । उनीहरू दुबै एउटै परिवारमा बस्छन्। नेम्वाङका दुई छोरा र दुई छोरी छन् ।

प्रतिनिधिसभामा पिएचडी होल्डर १० सांसद

५९ सदस्यीय राष्ट्रिय सभा सदस्यहरूको शैक्षिक योग्यता

विद्यावारिधि : डा. खिमलाल देवकोटा, डा. बेदुराम भुसाल र डा. विमला राई पौड्याल ।

स्नातकोत्तर : उर्मिला अर्याल, कमलादेवी पन्त, कृष्णप्रसाद पौडेल, गोपालकुमार बस्नेत, जयन्तीदेवी राई, जितेन्द्रनारायण देव, तुलसाकुमारी दाहाल, दिलकुमारी रावल, नारायणकाजी श्रेष्ठ, प्रकाश पन्थ, प्रमिला कुमारी, भगवती न्यौपाने, रमेशजंग रायमाझी, राधेश्याम पासवान र सुरेशकुमार आलेमगर ।

स्नातक : अनिता देवकोटा, उदयबहादुर बोहरा, देवेन्द्र दाहाल, नारायणदत्त मिश्र, नारायणप्रसाद दाहाल, भुवनबहादुर सुनार, भैरवसुन्दर श्रेष्ठ, मदनकुमारी शाह, मायाप्रसाद शर्मा, मोहम्मद खालिद (इस्लामी ल) र युवराज शर्मा । 

प्लस टु : गणेशप्रसाद तिमिल्सिना, गोपीबहादुर सार्की आछामी, गंगाकुमारी बेल्वासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, तुलप्रसाद विश्वकर्मा, दीपा गुरुङ, नरबहादुर विष्ट, मृगेन्द्रकुमारसिंह यादव (प्रवीणता), राजेन्द्रलक्ष्मी गैरे, रामचन्द्र राई, सोनाम गेल्जेन शेर्पा, हरिराम चौधरी 

एसएलसी : इन्दिरादेवी गौतम, इन्दु कडरिया, कुमार दशौदी, गोपाल भट्टराई, जगतबहादुर पार्की, नन्दा चपाईं, नरपति लुहार, वामदेव गौतम, महेशकुमार महरा, विमला घिमिरे, शारदादेवी भट्ट र शेखरकुमार सिंह 

साधारण लेखपढ : विना पोखरेल, सिंगबहादुर विश्वकर्मा, गोमादेवी तिमिल्सिना (पूर्वमाध्यमिक तह), दुर्गाकुमारी गुरुङ (टेस्ट पास) र सुमित्रा बिसी (टेस्ट पास)

प्रतिनिधिसभामा स्नातक ९८ र स्नातकोत्तर ९६, विद्यावारिधि/एमफिल १३

पुस्तकमा उल्लेखित विवरणअनुसार शैक्षिक योग्यतामा स्नातक र स्नातकोत्तर पढेका धेरै सांसद छन् । संघीय संसद्का दुवै सदनमा स्नातक ९८ जना र स्नातकोत्तर अध्ययन गर्ने ९६ जना छन् । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभामा साधारण लेखपढ गर्ने १०, एसएसलसी उत्तीर्ण गर्ने २९, प्लस टु अध्ययन गर्ने ४९, स्नातक गर्ने ८७, स्नातकोत्तर गर्ने ८१, विद्यावारिधि/एमफिल गर्ने १३ जना छन् । ६ जनाले शैक्षिक योग्यता खुलाएका छैनन् । यसैगरी, ५९ सदस्यीय राष्ट्रिय सभामा साधारण लेखपढ पाँच, एसएसलसी १२, प्लस टु १३, स्नातक ११, स्नातकोत्तर १५ र विद्यावारिधि गर्ने तीनजना छन् । तर, किशोरसिंह राठोर, डोलप्रसाद अर्याल, मनबहादुर गुरुङ, रघुजी पन्त, सूर्यप्रसाद ढकाल, सूर्यमान दोङले शैक्षिक विवरण पेस गरेका छैनन् ।

स्नातकोत्तर : अच्युतप्रसाद मैनाली, अञ्जनी श्रेष्ठ, अर्जुननरसिंह केसी, अशोककुमार राई, असिम शाह, ईश्वरी घती, उदयशमशेर राणा, उपेन्द्र यादव, कान्तिका सेजुवाल, कुसुमदेवी थापा, गगन थापा, गोकर्ण विष्ट, गंगाराम चौधरी, डा. चन्दा कार्की (एमबिबिएस एमडी), जीवन परियार, डिगबहादुर लिम्बू, तेजुलाल चौधरी, डा. तोसिमा कार्की (जनरल सर्जरी), दीपक खड्का, दीपक गिरी, दिलेन्द्रप्रसाद बडू, देवीप्रकाश भट्टचन, देवेन्द्र पौडेल, धनराज गुरुङ, धु्रवबहादुर प्रधान, निशा डाँगी, पदम गिरी, पूर्णबहादुर खड्का, प्रकाश अधिकारी, प्रकाश ज्वाला, प्रकाशमान सिंह, प्रतिमा गौतम, प्रदीप पौडेल, प्रेम सुवाल, भगवती चौधरी, भीमप्रसाद आचार्य, मनीष झा, महन्थ ठाकुर, महेश बर्तौला, महेश बस्नेत, मेटमणि चौधरी, मेनकाकुमारी पोखरेल, मैना कार्की, मोहन बस्नेत, मंगलप्रसाद गुप्ता, योगेश भट्टराई, रञ्जुकुमारी झा, रमेश लेखक, राजेन्द्रकुमार केसी, राजेन्द्रप्रसाद पाण्डे, रामकृष्ण यादव, रामहरि खतिवडा, रूपा विक, रेखा यादव, रेखा शर्मा, रोशन कार्की, लक्ष्मी तिवारी, विना लामा, विमलेन्द्र निधि, वीरबहादुर बलायर, विना जैसवाल, शक्तिबहादुर बस्नेत, श्यामकुमार घिमिरे, डा. शशांक कोइराला (एमडी), शिशिर खनाल, डा. शेखर कोइराला (मेडिकल), शेरबहादुर कुँवर, शेरबहादुर देउवा, सन्तोष परियार, सपनाराज भण्डारी, सरिता भुसाल, सीता गुरुङ, सीता मिजार, सुनिता बराल, सुमना श्रेष्ठ, सुशीला थिङ, सुशीला श्रेष्ठ, सूर्यबहादुर थापा क्षेत्री, हृदयराम थानी, ज्ञानेन्द्रबहादुर कार्की ।

स्नातक : अजयकुमार चौरसिया, अनिता देवी, अनिशा नेपाली, अब्दुल खान, अमनलाल मोदी, अम्बिका बस्नेत, अम्बरबहादुर रायमाझी, इन्दिरा राना, ईश्वरीदेवी न्यौपाने, ऋषिकेश पोखरेल, एकनाथ ढकाल, ऐनबहादुर शाही, किरणकुमार साह, गणेश पराजुली, गोकुलप्रसाद बाँस्कोटा, चित्रबहादुर केसी, छविलाल विश्वकर्मा, जनार्दन शर्मा, ज्वालाकुमारी साह, जुलीकुमारी महतो, टोपबहादुर रायमाझी (निलम्बित), ठाकुर गैरे, डिल्लीराज पन्त, तारा लामा तामाङ, दयालबहादुर शाही, दामोदर भण्डारी, दीपकबहादुर सिंह, दीपा शर्मा, दीपक बोहरा, दुर्लभ थापा, नवलकिशोर साह, एनपी साउद, नारायणी शर्मा, नैनकला थापा, पशुपतिशमशेर जबरा, पुष्पकमल दाहाल प्रचण्ड, पुष्पबहादुर शाह, पृथ्वीसुब्बा गुरुङ, प्रतीक्षा तिवारी, प्रभु साह, प्रभु हजरा, प्रेमबहादुर महर्जन, वर्षमान पुन, वसन्तकुमार नेम्वाङ, वासुदेव घिमिरे, बुद्धिमान तामाङ, भानुभक्त जोशी, माधवकुमार नेपाल, माधव सापकोटा, माया राई, मुक्ताकुमारी यादव, मोहन आचार्य, मञ्जु शर्मा अन्सारी, योगेन्द्र मण्डल, योगेश गौचन थकाली, रघुवीर महासेठ, रणेन्द्र बराली, रमेश रिजाल, राजकिशोर यादव, राजकुमार गुप्ता, राजेन्द्र लिङ्देन, रुक्मणी राना बराइली, लालप्रसाद साँवा (लिम्बू), लीलानाथ श्रेष्ठ, बिजुला रायमाझी, विनोदकुमार चौधरी, विराजभक्त श्रेष्ठ, विश्वप्रकाश शर्मा, शरत्सिंह भण्डारी, डा. सुनीलकुमार शर्मा (एमबिबिएस), शंकर भण्डारी, सन्तोष चालिसे, सम्झना थपलिया, सर्वेन्द्रनाथ शुक्ल, सरस्वती बजिमय, सराज अहमद फारुकी, सरिता प्रसाईं, सुरेन्द्रराज आचार्य, सुवास नेम्वाङ, सोविता गौतम, संगीता मण्डल धानुक, सञ्जयकुमार गौतम, हरि ढकाल, हरिप्रसाद उप्रेती, हितराज पाण्डे, हेमराज राई, ज्ञानु बस्नेत सुवेदी ।

प्लस टु : अमृतलाल राजवंशी, अमृतादेवी अग्रहरी, आशा विक, कल्पना चौधरी, कल्पना मियाँ कुसारी, कृष्णकुमार श्रेष्ठ, खमबहादुर गर्बुजा, गोमा लाभ, गंगाप्रसाद यादव, चन्दा चौधरी, चन्द्रबहादुर विश्वकर्मा, छिरिङ ल्हामु लामा –तामाङ), जवेदा खातुन जागा, टेकबहादुर गुरुङ (निलम्बित), दिनेशकुमार यादव, दीपक कार्की, दुर्गा राई, देवप्रसाद तिमलसेना, देवराज घिमिरे, धनबहादुर बुढा, नारायणप्रसाद आचार्य, प्रदीप यादव, प्रेम आले, बलराम अधिकारी, विन्दबासिनी कंसाकार, बिनिता कठायत, विमला सुवेदी, मञ्जु खाण, महेन्द्रकुमार राय, रणकुमारी बलम्पाकी मगर, रञ्जिता श्रेष्ठ, रमा कोइराला पौड्याल, रवि लामिछाने, राजु थापा, राजेन्द्रकुमार राई, रामकुमार राई, रामनाथ अधिकारी, रामशंकर यादव, लेखनाथ दाहाल, विक्रम पाण्डे, विनिताकुमारी सिंह, विष्णुकुमार कार्की, शान्ति विक, शिव नेपाली, सीताकुमारी राना, सूर्यकुमारी श्रेष्ठ, सोनु मुर्मू, ज्ञानबहादुर शाही (सिए अध्ययनरत) ।

एसएलसी : अरुणकुमार चौधरी, अशोककुमार चौधरी, उमरावती देवी, उर्मिला थेबे, उर्मिला माझी, गंगा कार्की, दिक्पालकुमार शाही, निर्मला कोइराला, पूर्णबहादुर घर्ती, विनाकुमारी थैनत, विना देवी, मनोरमा शेरचन, महिन्द्र राय यादव, महेन्द्रबहादुर शाही, मानवीर राई, मीना तामाङ, राजेन्द्र बजगाईं, रूपा शोशी चौधरी, लक्ष्मी महतो कोइरी (निलम्बित), लालवीर चौधरी, लीलादेवी लिम्बू, विष्णुप्रसाद पौडेल, शान्ति श्रेष्ठ, शोभा ज्ञवाली, सरस्वती सुब्बा, सुदन किराँती, सुशीला सिर्पाली ठकुरी, हर्कमाया विश्वकर्मा, हितबहादुर तामाङ  ।

साधारण लेखपढ : अम्मरबहादुर थापा (टेस्ट पास), आस्माकुमारी चौधरी (८ पास), ईश्वरबहादुर रिजाल, केपी ओली (मानार्थ पिएचडी), गीता बस्नेत, छिरिङ डम्डुल लामा (८ पास), दामोदर पौडेल बैरागी, पूर्णबहादुर तामाङ, मीना यादव, शान्ति चौधरी (८ पास) ।