मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १४ बिहीबार
  • Thursday, 30 November, 2023
२०८० भदौ २३ शनिबार १२:२७:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

मोरक्को भूकम्पमा ज्यान गुमाउनेको संख्या २९६ पुग्यो 

Read Time : < 1 मिनेट
२०८० भदौ २३ शनिबार १२:२७:००

मोरक्कोमा शुक्रबार राति ११ बजेर ११ मिनेटमा गएको भूकम्पमा अहिलेसम्म मृत्यु हुनेको संख्या २९६ पुगेको छ। 

मोरक्कोमा ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। १८.५ किलोमिटरको गहिराइ केन्द्रविन्दु पारेर गएको भूकम्प सुरुमा ३१.११ डिग्री उत्तर अक्षांश र ८.४४ डिग्री पश्चिम देशान्तरमा र माराकेसको लगभग ७० किलोमिटर दक्षिणपश्चिम केन्द्रविन्दु पारेर गएको बताइएको छ। 

भूकम्पपछि उत्तरी मोरक्कोको फेस सहरका बासिन्दाहरू सम्भावित पराकम्पहरूको चिन्तामा छन्। कतिपय मानिस घर छोडेर सडकमा निस्किएका छन्। रबात र कासाब्लान्कालगायत मोरक्कोका धेरै सहरहरूमा भूकम्पको धक्का महसुस गरिएको थियो। तरौडान्ट र माराकेस सहरमा भूकम्पका कारण धेरै घरहरू भत्किएका छन्।