१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
Invalid date format १९:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रदीप गिरि विचार, चिन्तन र प्रेरणाका स्रोत : प्रधानमन्त्री दाहाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:o६:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी चिन्तक प्रदीप गिरि वर्तमान र आउँदो पिँढीका लागि समेत विचार, चिन्तन र प्रेरणाको स्रोत रहेका बताएका छन्। 

सिराहाको लहान नगरपालिका– १४ बस्तपुरस्थित आश्रममा आयोजित समाजवादी चिन्तक तथा नेपाली कांग्रेसका पूर्वनेता दिवंगत प्रदीप गिरिको पूर्ण कदको सालिक अनावरण र ‘मैले चिने, जाने, बुझेको प्रदीप गिरि स्मृति ग्रन्थ’को लोकार्पणपछि प्रधानमन्त्री दाहालले गिरि नेपालको राजनीतिक तथा सामाजिक रूपान्तरण अभियानको मौलिक र विलक्षण चिन्तक रहेको बताए। 

‘गिरिको अन्यसँग तुलना हुनै सक्दैन,’ प्रधानमन्त्री दाहालले भने ‘सामाजिक र दार्शनिक चिन्तन, राजनीतिक विश्लेषण गर्ने, त्यसलाई हेर्ने मौलिक दृष्टिकोणको कारणले उनलाई समाजका हरेक वर्ग, समुदाय, विभिन्न राजनीतिक दलले उत्तिकै सम्मान र भरोसायोग्य चिन्तकको रूपमा लिएका थिए।’

गिरिको राजनीतिक आचरण, शैलीले सबैलाई उत्तिकै ऊर्जा मिल्ने चर्चा गर्दै उनले भने, ‘शान्ति प्रक्रिया सुरु हुनुअगाडि पनि पटकपटक अप्रत्यक्ष संवाद भएको थियो। सशस्त्र युद्धको वेलामा आतंककारी भन्दै टाउकोको मूल्य तोकिएको समयमा पनि गिरिले माओवादी आन्दोलन राजनीतिक समस्या हो र राजनीतिक रूपले नै सम्बोधन गरिनुपर्ने विषयमा आफ्नो पार्टी, राजनीतिक मञ्चहरूमा सकारात्मक समाधानको प्रयास गर्नुभयो।’

गिरि बिरामी हुनु अघिसम्म आफूसँग नियमित भेटघाट, छलफल हुने गरेको स्मरण गर्दै उनले भने, ‘मलाई गिरिले बढी नै माया र भरोसा गर्न थाल्नुभएको थियो।’