१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २१ बिहीबार
  • Sunday, 11 May, 2025
रासस काठमाडौं
२o८o भदौ २१ बिहीबार १६:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘लम्पी स्किन रोगबाट ५२ हजारभन्दा बढी पशुको मृत्यु’

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ २१ बिहीबार १६:४३:oo

कृषि तथा पशुपक्षीमन्त्री डा. बेदुराम भुसालले लम्पी स्किन रोगको संक्रमणबाट अहिलेसम्म १५ लाख १९ हजार सात सय ७९ पशु संक्रमित भएको जानकारी दिएका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री भुसालले सरकारले उपचारमा सक्दो प्रयास गरिरहेको दाबी गरे। हालसम्म उपचारपश्चात् १३ लाख ८३ हजार पाँच सय ९५ पशु निको भएको र अहिले बिरामी अवस्थामा ७३ हजार ६ सय ३६ पशु रहेको मन्त्री भुसालले बताए।

रोगको संक्रमणबाट हालसम्म ५२ हजार पाँच सय ४८ पशुको मृत्यु भएको उनले उल्लेख गरे। मन्त्री भुसालले कृषि क्षेत्रको विकासका लागि यान्त्रिकीकरण गर्ने सरकारको नीति भएको बताए। यो नीति प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ७७ वटै जिल्लामा सञ्चालित भएको उनले बताए।

सांसद दीलेन्द्रप्रसाद बडूले गरेको प्रश्नको जवाफ दिँदै मन्त्री भुसालले स्वदेशमै रासायनिक मल उत्पादन गर्ने सवालमा अध्ययन भइरहेको बताए।