१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १६:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

लुम्बिनीमा प्रतिवेदनसहितको निजामती विधेयक पेस 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १६:o४:oo

लुम्बिनी प्रदेश सभामा प्रतिवेदनसहितको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सत्र सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक पेस भएको छ। 

प्रदेश आन्तरिक मामिला तथा कानुन समितिका ज्येष्ठ सदस्य सुधाकर पाण्डेले बिहीबार बसेको २४औँ बैठकमा उक्त प्रतिवेदनसहितको विधेयक पेस गरेका थिए। 

२३ प्रदेश सभा बैठकले प्रतिवेदनसहितको विधेयक तयार गर्न आन्तरिक मामिला तथा कानुन समितिलाई दिएको थियो। एक महिनाको कसरतपछि समितिले प्रतिवेदनसहितको विधेयक तयार गरी संसदमा पेस गरेको हो।

विधेयकको प्रतिवेदनको तयारीका लागि आमनागरिकसमक्ष सुझाव माग गरेको थियो भने विज्ञको सल्लाहसमेत लिएको थियो। सभाको अर्को बैठक शुक्रबार दिउँसो १ बजे तय गरिएको छ। 

ad
ad