मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
रासस काठमाडौं
Invalid date format १३:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कक्षा १२ को पूरक परीक्षाको समयतालिका  परिवर्तन

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:१२:oo

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको समय–तालिका विशेष कारणले परिवर्तन भएको जनाएको छ।

कार्यालयले बुधबार एक सूचना जारी गर्दै राष्ट्रिय परीक्षा बोर्डले आउँदो असोज ६ गते शनिबार र ७ गते आइतबार सञ्चालन हुने भनिएको कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा असोज ९ गते मंगलबार र १० गते बुधबार हुने जनाएको हो। परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने सूचनामा उल्लेख छ।

०८० को कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा सहभागी हुनका लागि यही भदौ २२ गतेभित्र बोर्डको खातामा परीक्षा शुल्कबापत प्रतिविद्यार्थी रु. ६०० का दरले हुन आउने रकम बुझाइसक्नुपर्ने जनाइएको छ।

यसैगरी उक्त अवधिभित्र रकम जम्मा गर्न छुट भएका विद्यार्थीका लागि यही भदौ २९ गते विलम्ब शुल्कसहितको रकम प्रतिविद्यार्थी रु. एक हजार दुई सय बुझाई सम्बन्धित विद्यालयमार्फत भदौ ३१ गते कार्यालय समयभित्र बोर्डका सम्बन्धित कार्यालयमा रकम जम्मा गरेको भौचरसहित आवेदन फाराम बुझाइसक्नुपर्नेसमेत उक्त सूचनामा उल्लेख गरिएको छ।