१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:५५:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

आइसिसी महिला टी–२० : नेपाल र युएईबीचको खेल रद्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:५५:oo

मलेसियामा जारी आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपाल र संयुक्त अरब इमिरेट्स (युएई)बीचको खेल वर्षाको कारण रद्द भएको छ।

मलेसियाको क्वालालम्पुरस्थित सेलाङग्रटर्फ क्लबमा हुने भनिएको दुई देशबीच खेलमा वर्षाका कारण टससमेत हुन नसकेपछि दुवै टोलीले एक–एक अंक बाँड्दै खेल टुंग्याए। 

यससँगै युएई समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा पुग्यो भने नेपाल समूह ‘ए’को उपविजेताको रूपमा सेमिफाइनलमा पुग्यो।  

दुवै टोलीले समान पाँच खेलमा नाै अंक जोड्दै नेटरनरेटका आधारमा विजेता र उपविजेता टोलीको रूपमा सेमिफाइनलमा पुगेका हुन्। नेपालले अब समूह ‘बी’को विजेतासँग यही भदौ २२ गते सेमिफाइनल खेल्नेछ। नेपाल फाइनलमा पुग्न सके सन् २०२४ मा हुने ग्लोबल टी–२० विश्वकप छनोट खेल्न पाउनेछ।

त्यसैगरी समूह ‘बी’मा हङकङ तीन खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ। थाइल्याान्ड पनि समान तीन खेलमा पाँच अंकका साथ दोस्रो स्थानमा छ। हङकङ र थाइल्यान्डबीचको खेल आजै हुनेछ। उक्त खेलको विजेतासँग नेपालले सेमिफाइनलमा खेल्नेछ भने युएईले उपविजेतासँग खेल्नेछ। 
    
यसअघि नेपाल समूह चरणको खेलमा अपराजित रहेको थियो। नेपालले घरेलु टोली मलेसियालाई पाँच रन, बहराइनलाई १० विकेट, भुटानलाई तीन विकेट र कतारलाई नाै विकेटले पराजित गर्दै विजयी भएको हो।