१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format o६:१९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भुटान एयरलाइन्सले काठमाडौं उडान पुनः सुरु गर्ने

आगामी ३० भदौदेखि सातामा दुईतर्फी दैनिक चार उडान हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:१९:oo

भुटान एयरलाइन्सले काठमाडौं उडान पुनः सुरु गर्ने भएको छ । थिम्पुमा मुख्यालय रहेको भुटानको पहिलो निजी एयरलाइन्स, भुटान एयरलाइन्स (बि–३) ले ३० भदौदेखि पारो–काठमाडौं उडान पुनः सुरु गर्ने घोषणागरेको हो । 

विश्वव्यापी कोभिड–१९ को महामारीका कारण रोकिएको काठमाडौंको उडान पुनः सुरु गरिने भएको भुटान एयरलाइन्सको नेपालको आधिकारिक जनरल सेल्स एजेन्ट (जिएसए) सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसले जनाएको छ । कम्पनीका अनुसार आइतबार, सोमबार, बुधबार र शनिबार गरी सातामा चार उडान हुनेछन् । यी उडानहरूले पारो–काठमाडौं–दिल्लीलाई दुईतर्फी रूपमा जोड्नेछन् । 

सन् २०१३ बाट भुटान एयरलाइन्सले काठमाडौं उडान गर्दै आएको छ । भुटान–काठमाडौं फ्लाइट पुनः सुचारु भएकोमा खुसी व्यक्त गर्दै भुटान एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत पेमा नाडिकले अब उडानतालिका नियमित राख्ने बताए । ‘कोभिड–१९ महामारीका समयमा उडानहरू रद्द गर्ने वा रिरुट गर्नेजस्ता कठिन निर्णय लिनुपर्दा हाम्रो विश्वसनीयतामा पनि प्रश्न उत्पन्न भएको थियो,’ उनले भने, ‘अब हाम्रा सम्पूर्ण ग्राहकलाई यो विश्वास दिलाउन चाहन्छौँ कि हामी जस्तोसुकै चुनौतीपूर्ण समयमा पनि उडानहरू नियमित राख्नेछौँ र विश्वसनीय वायुसेवाका रूपमा आफूलाई स्थापित गराउनेछौँ ।’ 

त्यस्तै, सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेजका चेयरम्यान रविचन्द्र सिंहले भुटान एयरलाइन्सको उडान पुनः सुरु गरेकोमा उत्साहित भएको बताए । यस नयाँ सुरुवातले दुवै देशका पर्यटकलाई थप सहज हुने र पर्यटन उद्योगलाई थप प्रवद्र्धन गर्ने उनले बताए ।