१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
सौरभ यादव राजविराज
Invalid date format १८:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ज्यान मुद्दाका आरोपी प्रदेश सांसद सिंह कारागार चलान

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
Invalid date format १८:o५:oo

कर्तव्य ज्यान र डाँका मुद्दाका आरोपित मधेश प्रदेश सभा सदस्य अनिरुद्धसिंह यादवलाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ।

मंगलबार सप्तरी जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले यादवलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो। माओवादी नेता गोविन्द चौधरीको हत्यामा संलग्न रहेको घटनामा ०६४ सालदेखि मुलतबीमा रहेको मुद्दामा यादव पनि आरोपी रहेका छन्।

उनीसहितकाले तत्कालीन नेगडा गाविस– ०५ का दिपु भन्ने गोविन्द चौधरीलाई अपहरण गरी गोली प्रहार गरी हत्या गरेको आरोप छ। यादवलाई सोमबार सप्तरी प्रहरीले पक्राउ गरेको थियो।

गत प्रदेश सभा निर्वाचनमा उनी सप्तरी क्षेत्र नम्बर ४ (ख)बाट निर्वाचित भएका थिए।