मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:o८:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

बुसान इन्टरनेसनल फिल्म फेस्टिभलमा छानियो ‘गाउँ आएको बाटो’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:o८:oo

नवीन सुब्बा निर्देशित नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ बुसान इन्टरनेसनल फिल्म फेस्टिभलमा छनोट भएको छ। बुसानले मंगलबार सार्वजनिक गरेको सूचीअनुसार ‘अ विन्डो अन एसियन सिनेमा’अन्तर्गत ‘गाउँ आएको बाटो’ छनोट भएको हो।

राई समुदायको सामाजिक पृष्ठभूमिमा बनेको यो चलचित्रले गाउँमा सडक आएपछि बाबु–छोराको सम्बन्धमा आउने उतार–चढावलाई चित्रण गरेको छ। चलचित्रमा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायत कलाकारको अभिनय छ।

चलचित्रको कथा महेश राई र निर्देशक सुब्बाले लेखेका हुन्। सामुदायिक लगानीमा बनेको यो फिल्मलाई अमोद राईले निर्माण गरेका हुन्।

यो चलचित्र भोजपुरको आमचोक, भोजपुर बजार, संखुवासभाको खाँदबारी र सुनसरीको धरानमा  छायांकन गरिएको हो। 

कोरियाको प्रतिष्ठित एसियाली फिल्म फेस्टिभल बुसान सहरमा अक्टोबर ४–१३ सम्म सञ्चालन हुनेछ। यसअघि ‘गाउँ आएको बाटो’ टोरोन्टो फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियरका लागि  छनोट भइसकेको छ।