१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:o२:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

एसिया कप : वर्षाले फेरि खेल रोकियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:o२:oo

एसिया कपअन्तर्गत भारतविरुद्धकाे खेल वर्षाका कारण पुनः रोकिएको छ। ३७.५ ओभरमा  नेपाल १७८–६ को स्थितिमा छ। दीपेन्द्रसिंह ऐरी २७ रन र सोमपाल कामी ११ रन बनाएर क्रिजमा छन्। यसपछि करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीको ब्याटिङक्रम छ।
 
यसअघि नेपाल ३३.४ ओभरमा १५०–६ को अवस्थामा थियो। श्रीलंकाका पालेकेले रंगशालामा नेपालका ओपनर आसिफ सेख अर्धशतक बनाएर आउट भएका छन्। आसिफ ९७ बलमा ५८ जोडेर पेभिलियन फर्किएका हुन्। यसअघि आसिफले ८८ बलमा सात चौकासहित ५० रन बनाएका थिए। आसिफको खेल करियरकै दशौँ अर्धशतक हो। यसअघि नेपालका लागि आसिफले व्यक्तिगत एक शतकसहित नवौँ अर्धशतक बनाएका छन्। 

आसिफले ४३ खेलमा ४३ इनिङ्समै ब्याटिङ गरेका छन्। सन् २०२१ मा पपुवा न्युगिनीविरुद्ध उनले एकदिवसीय खेलमा डेब्यु गरेका थिए। आसिफले एसिया कपअन्तर्गत उद्घाटन खेलमा पाकिस्तानविरुद्ध पाँच रन बनाएका थिए। एकदिवसीय खेलमा उनले अहिलेसम्म एक हजार दुई सय ४२ रन बनाएका छन्। उनको व्यक्तिगत उच्च रन ११० हो। 

यसअघि नेपालको लागि ओपनर कुशल भुर्तेल ३८ रन बनाएर आउट भएका थिए । पहिलो विकेटको लागि कुशल र आरिफबीच ५९ बलमा ६५ रनको साझेदारी भएको थियो। भीम सार्की ७, कप्तान रोहितकुमार पौडेल ५ र कुशल मल्ल २ रन, गुल्शन झा २३ रन बनाएर पेभिलियन फर्किएका छन् । भारतका रवीन्द्र जडेजाले तीन तथा मोहम्मद रिजाले दुई विकेट लिएका छन्।