१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २३ आइतबार ११:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

मनसुनमा घरमै स्किन केयर रुटिन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार ११:४o:oo

हिजोआज वातावरणमा पानीको मात्रा पनि बढी हुन्छ । वातावरण प्रदूषणले गर्दा डन्डिफोर आउने, एक्जिमा हुने, सुक्खापन हुनेलगायत समस्या यस समयमा देखिन्छन् । छाला चिलाउने, एलर्जी आउने, खटिरा देखिने हुन सक्छ । पानीले भिज्ने भएकाले पनि शरीर गुम्सिने सम्भावना हुन्छ । 

पसिना वा पानीले गुम्सिँदा छालामा दादको समस्या बल्झिन सक्छ । काखी वा औँलाको बीच भागमा फंगस नामक कीटाणु फस्टाउन सक्छ । केही कुरामा ध्यान दिएर आफ्नो छालालाई स्वस्थ र सफा राख्न सकिन्छ । यद्यपि, कुनै समस्या देखिएमा चिकित्सकसँग परामर्श गर्नुपर्छ । 

स्किन केयर रुटिन 

  • स्किन केयर रुटिन बनाएर त्यसलाई फलो गर्न आवश्यक हुन्छ । अनुहारमा दैनिक दुईपटक फेसवास गर्न जरुरी हुन्छ । फेसवास गरेपछि मोस्चराइजर लगाउनुपर्छ । धेरै आयल बेस मोस्चराइजर लगाउनुहुँदैन । वाटर बेस वा लोसन फर्मका मोस्चराइजर प्रयोग गर्दा राम्रो हुन्छ ।
  • अधिकांशलाई बादल लागेका दिन सनस्क्रिन लगाउनुपर्दैन भन्ने भ्रम हुन्छ । तर, अनिवार्य सनस्क्रिन क्रिम लगाउनुपर्छ । यसले सूर्यको विकिरणबाट छालालाई जोगाउँछ । 
  • यस समय धेरै हेभी मेकअप पनि गर्नुहुँदैन । हेभी मेकअपले डन्डिफोरलगायतको समस्या निम्त्याउन सक्छ । राति सुत्नुअघि मेकअप सफा गर्न बिर्सनुहुँदैन । पाउडर बेस फाउन्डेसनको दाँजोमा यस समय वाटर बेस फाउन्डेसन प्रयोग गर्नु राम्रो हुन्छ । 
  • सरसफाइमा विशेष ध्यान दिन जरुरी छ । ब्याक्टेरियल तथा फंगलको संक्रमण नहोस् । 
ad
ad