Read Time : < 1 मिनेट
२०८० भदौ १७ आइतबार १६:२४:००
हप्ताको कारोबारको पहिलो दिन आज आइतबार सेयर बजार झन्डै ३० अंकले घटेको छ। सेयर बजार परिसूचक नेप्से आज २९.८१ अंकले घटेर १९६०.७८ विन्दुमा ओर्लिएको हो।
आज सबै समूहको सेयर घटेको छ। यसमा पनि होटेल, पर्यटन, जलविद्युत्, बिमालगायतका समूहको सेयर उच्च अंकले ओरालो लागेको छ।
बजार घटे पनि कारोबार रकममा भने केही सुधार देखिएको छ। आज दुई सय ७६ कम्पनीका ४० लाख ५३ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब १८ करोड ६६ लाख रुपैयाँबराबरको कारोबार भएको छ।
आज सबैभन्दा धेरै सोल्टी होटेलको तीन करोड ८८ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। समग्रमा बजार घटे पनि थ्री स्टार हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ।